१० चैत्र २०७९, शुक्रबार
March 24, 2023, Friday

११ करोड बोरा बिक्री गर्दै शिवम् सिमेन्ट्स नेपालकै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्यो

११ करोड बोरा बिक्री गर्दै शिवम् सिमेन्ट्स नेपालकै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्यो

शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट बिक्री गर्दै नेपाल भरी सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट कम्पनी बन्न सफल भएको छ।

शिवम् सिमेन्टले स्थापनाकालदेखि हाल (०७९ असार मसान्तसम्म) ११ करोड बोरा सिमेन्ट बिक्री गरेको हो। शिवम् सिमेन्ट एक मात्र ओपीसी उत्पादन गर्ने नेपालको कम्पनी रहेको विज्ञप्तिमा उल्लेख छ।

ओपीसी मात्र उत्पादन गर्दै आइरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुंगा खानीबाट उत्खनन् गरिएको चुनढुंगा प्रयोग गर्दै आएको छ।

उत्पादन समयदेखि नै गुणस्तरीय सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आईरहेको जनाउँदै कम्पनीले गुणस्तरीय उत्पादनकै कारण नेपाली सिमेन्ट जगतमै पहिलो पटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट एनएस क्वालिटी अवार्ड-२०१९ ९एनएस क्वालिटी अवार्ड-२०१९० प्रथमबाट पुरस्कृत भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

व्यक्तिगत, व्यवसायिक तथा राष्ट्रिय गौरवका विभिन्न आयोजनाहरुका अनेकौं संरचना निर्माणमा शिवम् सिमेन्टले विगत लामो समयदेखि प्रयोग हुँदै आएको कम्पनीले जनाएको छ।

‘भरोसा अटुट सम्बन्धको’, ‘क्वालिटीको मामलामा नो कम्प्रोमाइज,’ ‘गुणस्तरको पहिचान हो शिवम्’ तथा ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौं’ जस्ता मुल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्सले आफ्नो उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको विज्ञप्तिमा उल्लेख गरेको छ।

नेपालको केन्द्र भाग हेटौंडामा स्थापित यस सिमेन्ट उद्योगले जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।Sources

Related News

गर्भनरलाई पदमुक्त गरी छानबिन गरौं : वाईसीयल
गर्भनरलाई पदमुक्त गरी छानबिन गरौं : वाईसीयल
  • १ श्रावण २०७९, आईतवार

नेकपा माओवादी केन्द्रनिकट योङ कम्युनिष्ट लिग(वाईसीयल)ले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई...

नेप्से परिसूचक ७.९३ अङ्कले वृद्धि
नेप्से परिसूचक ७.९३ अङ्कले वृद्धि
  • १ श्रावण २०७९, आईतवार

चालु आर्थिक वर्ष २०७८/०७९ को अन्तिम कारोबार दिन नेप्से सामान्य अङ्कले बढेको छ । शुक्रबार नेप्से परिसूचक ७.९३ अङ्कले बढेर...

‘रेमिट्यान्सले ग्रामिण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छ’
‘रेमिट्यान्सले ग्रामिण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छ’
  • १ श्रावण २०७९, आईतवार

अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामिण अर्थतन्त्र सुधारमा टेवा पुगेको बताएका छन् । आइएमई लिमिटेडको २२...

TOP