१० चैत्र २०७९, शुक्रबार
March 24, 2023, Friday

नेप्से परिसूचक ७.९३ अङ्कले वृद्धि

नेप्से परिसूचक ७.९३ अङ्कले वृद्धि

चालु आर्थिक वर्ष २०७८/०७९ को अन्तिम कारोबार दिन नेप्से सामान्य अङ्कले बढेको छ ।

शुक्रबार नेप्से परिसूचक ७.९३ अङ्कले बढेर २००९.४७ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.७७ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स १.११ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५४ अङ्कले बढेको छ ।
आज नेप्सेको २ घण्टामा भएको २३१ कम्पनीको ४० लाख ५१ हजार कित्ता शेयर १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार रुपियाँ बराबरको खरिदबिक्री भएको छ । बिहीबारको तुलनामा शुक्रबार कारोबार रकम घटेको छ । बिहीबार  दुई अर्ब ४१ करोड १८ लाख ३४ हजार रुपियाँ बराबरको खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेका छन् भने बाँकी ७ उपसमूहका सूचक घटेका छन् । जसमा लघुवित्त उपसमूहको परिसूचक १.५७ प्रतिशत बढेको छ । त्यस्तै, म्युचुअल फण्ड र बैंकिङ उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ । तर बाँकी अन्य उपसमूहको परिसूचक १.६८ प्रतिशतले घटेका छन् ।

शुक्रबार ३ ऋणपत्रको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा नेपाल इन्भेष्टमेण्ट बैंक, माछापुच्छे बैंक र सानिमा बैंकको ऋणपत्रको सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । तर यता, ग्रिनलाइफ हाइड्रोपावरको शेयरमूल्य ५.३१ प्रतिशत, माउण्टेन हाइड्रो र रिभर फल्स पावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ ।

कारोबारको आधारमा अपर तामाकोशी हाइड्रोपावरको १९ करोड ७२ लाख ५४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । एभरेष्ट बैंकको करिब ७ करोडको शेयर कारोबार भएको छ ।Source

Related News

११ करोड बोरा बिक्री गर्दै शिवम् सिमेन्ट्स नेपालकै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्यो
११ करोड बोरा बिक्री गर्दै शिवम् सिमेन्ट्स नेपालकै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्यो
  • ३१ असार २०७९, शुक्रबार

शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट बिक्री गर्दै नेपाल भरी सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट कम्पनी बन्न सफल भएको...

गर्भनरलाई पदमुक्त गरी छानबिन गरौं : वाईसीयल
गर्भनरलाई पदमुक्त गरी छानबिन गरौं : वाईसीयल
  • ३१ असार २०७९, शुक्रबार

नेकपा माओवादी केन्द्रनिकट योङ कम्युनिष्ट लिग(वाईसीयल)ले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई...

‘रेमिट्यान्सले ग्रामिण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छ’
‘रेमिट्यान्सले ग्रामिण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छ’
  • ३१ असार २०७९, शुक्रबार

अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामिण अर्थतन्त्र सुधारमा टेवा पुगेको बताएका छन् । आइएमई लिमिटेडको २२...

TOP