अमेरिका,अष्ट्रेलिया, जापान र भारतका नेताहरू भर्चुअल छलफल गर्दैछन् ।
क्वाड भनिने क्वाड्रिलेटरल सेक्युरिटी डाईलगमा आवद्ध यी ४ मुलुकका नेताहरूबीच कुरा हुन लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
भर्चुअल बैठकमा अमेरिकी राष्ट्रपति जो बाइडेन, अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसन, जापानी प्रधानमन्त्री फुमिओ किसिदा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुनेछन् ।
सन् २०२१ सेप्टेम्बरमा यी चार नेताहरूले वासिङ्टन डिसीमा छलफल गरेका थिए । रूसले युक्रेनमाथि आक्रमण गरेको एक सातापछि चार मुलुकका नेताहरू बैठकमा बस्न लागेका हुन् ।
रूसले युक्रेनमाथि गरेको आक्रमणमा अमेरिका, अष्ट्रेलिया र जापान युक्रेनतिर छन् भने भारत तटस्थ बस्दै आएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामिण अर्थतन्त्र सुधारमा टेवा पुगेको बताएका छन् । आइएमई लिमिटेडको २२...
निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार काठमाडौं महानगरपालिकामा खसेको मतमध्ये ८०.२४ प्रतिशत गणना भइसकेको छ । गत वैशाख ३० गते भएको...
अन्तरराष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको भाउ २ हजार डलरमाथि उक्लिएको छ । रुस–युक्रेन बीचको तनाव चर्किदै गएपछि लगानीकर्ताहरुमा सेफ हेभन...