१० चैत्र २०७९, शुक्रबार
March 24, 2023, Friday

एमाले दशौं महाधिवेशनः केन्द्रीय कमिटीका ६३ सदस्य निर्विरोध निर्वाचित

एमाले दशौं महाधिवेशनः केन्द्रीय कमिटीका ६३ सदस्य निर्विरोध निर्वाचित

नेकपा एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीका ६३ सदस्य निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको दशौं महाधिवेशनको बन्दसत्रका अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि भन्दै पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेकामा हालसम्म ६३ जना सदस्यहरु निर्विरोध भएका छन्।

निर्विरोध भएकामा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल रहेका छन्। त्यस्तै केन्द्रीय सदस्यहरुमा मधेसी महिलातर्फ कमलादेवी महतो, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, रितादेवी साह, शिला यादव र सरिता गिरी यादव, मुस्लिम महिलातर्फ साजिदा खातुन सिद्धिकी, दलित महिलातर्फ  विष्णुमाया विक, रामरति देवी राम, शिवकुमारी गोतामे र सबिता रसाईली निर्विरोध भएकी छन्।

त्यस्तै पिछडिएको क्षेत्र महिलाबाट बद्मीकुमारी बोहरा, श्रमिकको तर्फबाट खुलामा विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम र बाबुराम थापा, महिलातर्फबाट मञ्जु कुमारी थापा मगर र सीता लामा पनि निविरोध भएको निर्वाचन कमिटीले जनाएको छ।

उपत्यका विशेषतर्फबाट खुलामा माधव ढुंगेल, महिलामा विनाकुमारी श्रेष्ठ, सम्पर्क समन्वयको खुलामा नरेन्द्र श्रेष्ठ, प्रदेश १को महिलाामा उषाकला राई, निरा खनाल र मेनुका काफ्ले, प्रदेश २को खुलातर्फ अरविन्दकुमार सिंह, उपेन्द्र साह, प्रभु साह, राजकुमार लेखी, लीलानाथ श्रेष्ठ, सुमन प्याकुरेल, महिलातर्फबाट कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखाकुमारी झा पनि निर्विरोध भएका छन्।

यता बाग्मती प्रदेशमा महिलातर्फबाट पार्वती रावल, पेम्बा लामा र रचना खड्का, गण्डकीको खुलातर्फबाट इन्द्रलाल सापकोटा, जगत विश्वकर्मा, टुकराज सिग्देल, तिलबहादुर महत, भूपेन्द्रबहादुर थापा र मायानाथ अधिकारी, महिलातर्फबाट नरदेवी पुन, मिनाकुमारी गुरुङ र सीमाकुमारी क्षेत्री तथा लुम्बिनी प्रदेशको खुलातर्फबट खेममान खड्का, दिनेश पन्थी, नविन रोका, भूमिश्वर ढकाल, लीला गिरी र हरि रिजाल, महिलातर्फबाट मेनुका पोखरेल, सरिता खनाल र साबित्रा अर्याल निविरोध भएका छन्।

कर्णाली प्रदेशमा महिलातर्फ तीर्था गौतम, मिना ढकाल र मोहनमाया ढकाल निविरोध भएको निवाचन कमिटीले जनाएको छ।Source

Related News

११ करोड बोरा बिक्री गर्दै शिवम् सिमेन्ट्स नेपालकै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्यो
११ करोड बोरा बिक्री गर्दै शिवम् सिमेन्ट्स नेपालकै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्यो
  • १३ मंसिर २०७८, सोमबार

शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट बिक्री गर्दै नेपाल भरी सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट कम्पनी बन्न सफल भएको...

गर्भनरलाई पदमुक्त गरी छानबिन गरौं : वाईसीयल
गर्भनरलाई पदमुक्त गरी छानबिन गरौं : वाईसीयल
  • १३ मंसिर २०७८, सोमबार

नेकपा माओवादी केन्द्रनिकट योङ कम्युनिष्ट लिग(वाईसीयल)ले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई...

नेप्से परिसूचक ७.९३ अङ्कले वृद्धि
नेप्से परिसूचक ७.९३ अङ्कले वृद्धि
  • १३ मंसिर २०७८, सोमबार

चालु आर्थिक वर्ष २०७८/०७९ को अन्तिम कारोबार दिन नेप्से सामान्य अङ्कले बढेको छ । शुक्रबार नेप्से परिसूचक ७.९३ अङ्कले बढेर...

TOP