१२ मंसिर २०७९, सोमबार
November 28, 2022, Monday

गर्मीमा १२.५ डिग्री तापमान घटाउने कपडा

गर्मीमा १२.५ डिग्री तापमान घटाउने कपडा

गर्मीमा सिल्कको कपडाले तपाईंलाई कटनभन्दा चीसो राख्छ । वैज्ञानिकले सिल्कको यस्तो कपडा तयार गरेका छन्, यसले सुतीको कपडाको तुलनामा १२.५ डिग्री सेल्सियससम्म तापमान घटाउँछ। यो कपडा लगाउँदा गर्मीबाट राहत पाउन सकिन्छ ।

कपडालाई चीनको नानजिङ युनिभर्सिटीका शोधकर्ता र स्टेनफोर्ड युनिभर्सिटीको शान्हुई पैmनले मिलेर तयार गरेका हुन् । शोधकर्ताको भनाइ छ, गर्मी मौसममा बाहिर जाँदा शरीरलाई चीसो राख्ने उद्देश्यले यो कपडा तयार गरिएको हो ।

संसारमा १५ प्रतिशत बिजुलीको प्रयोग मनुष्यले आफूलाई चीसो राख्न प्रयोग गर्छन् । नयाँ कपडाको मदतबाट बिजुलीको मागलाई केही हदसम्म कम गर्न सकिन्छ । शोधकर्ताको भनाइ छ, साधारणतया सिल्कले सूर्यको किरणलाई परावर्तित गर्छ । यस विशेषतालाई ध्यानमा राख्दै सिल्कमा परिवर्तन गरेर यस्तो कपडा बनाइएको हो, जसले सूर्यको किरणलाई ९५ प्रतिशतसम्म परावर्तित गर्न सक्छ ।

शोध अनुसार कपडाले जति बढी सूर्यको किरणलाई परावर्तित गर्छ र कमसेकम अवशोषित गर्छ । यसले शरीरलाई घामको असरबाट बचाउँछ र चीसो राख्छ । घाममा कपडाको परीक्ष्Fण गर्दा वरपरको हावाभन्दा पनि ३.५ प्रतिशतसम्म चीसो भएको देखियो । शोधकर्ताको भनाइ छ, यो संसारको यस्तो कपडा हो, जुन हावाभन्दा पनि चीसो छ । कपडामा अल्मुनियम अक्साइडको नैनौपार्टिकल मिलाइएको छ । यसले यो इन्फ्रारेड, भिजिबल र अल्ट्राभायलेट किरणलाई परावर्तित गरेर शरीरबाट टाढा राख्छ ।

यस विशेष प्रकारको सिल्कको कपडालाई यसरी बुझ्न सकिन्छ । यदि तपाईं ४० डिग्री सेल्सियस घाममा यो सिल्कको कपडा लगाउनुहुन्छ भने यसले तपाईंलाई ३२ डिग्री सेल्सियस तापमान महसूस गराउँछ । त्यस्तै, सुतीको तुलनामा यसले १२.५ डिग्री सेल्सियस कम तापमान महसूस गराउँछ । परीक्षणमा यो साबित पनि भइसकेको छ ।हिन्दी पत्रिका भास्कर दैनिक बाट लिएको हो

Related News

११ करोड बोरा बिक्री गर्दै शिवम् सिमेन्ट्स नेपालकै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्यो
११ करोड बोरा बिक्री गर्दै शिवम् सिमेन्ट्स नेपालकै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्यो
  • ३ मंसिर २०७८, शुक्रबार

शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट बिक्री गर्दै नेपाल भरी सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट कम्पनी बन्न सफल भएको...

गर्भनरलाई पदमुक्त गरी छानबिन गरौं : वाईसीयल
गर्भनरलाई पदमुक्त गरी छानबिन गरौं : वाईसीयल
  • ३ मंसिर २०७८, शुक्रबार

नेकपा माओवादी केन्द्रनिकट योङ कम्युनिष्ट लिग(वाईसीयल)ले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई...

नेप्से परिसूचक ७.९३ अङ्कले वृद्धि
नेप्से परिसूचक ७.९३ अङ्कले वृद्धि
  • ३ मंसिर २०७८, शुक्रबार

चालु आर्थिक वर्ष २०७८/०७९ को अन्तिम कारोबार दिन नेप्से सामान्य अङ्कले बढेको छ । शुक्रबार नेप्से परिसूचक ७.९३ अङ्कले बढेर...

TOP