१६ मंसिर २०७८, बिहीबार
December 2, 2021, Thursday

फेरि शुरु भयो इराक पठाउने धन्दा : गोरखा, तनहूँ, लमजुङ, कास्कीका सयौं युवा इराकमा

फेरि शुरु भयो इराक पठाउने धन्दा : गोरखा, तनहूँ, लमजुङ, कास्कीका सयौं युवा इराकमा

यूएई : सरकारले खाडी मुलुक इराकमा वैदेशिक रोजगारीमा जान रोक लगाए पनि मानव तस्करले सेटिङ गरी नेपालीलाई उक्त मुलुक पु¥याइरहेको पाइएको छ । मानव तस्करले सेटिङ गरी भिजिट भिसामा दुबई हुँदै इराक पठाइरहेको स्रोतको दाबी छ ।

तलब सुविधा र ज्यानको सुरक्षा नभए पनि दलालहरुले इराकको रोजगारीका नाममा चार लाख रूपैयाँसम्म असुली गर्ने गरेको बताइएको छ । उक्त गिरोहले आकर्षक तलब सुविधाको प्रलोभन दिएर काठमाडौंमा आधा रकम लिने र आधा रकम इराक पुगे पछि दिने शर्तमा यो धन्दा चलाइरहेको इराक पुगेका एक कामदारका आफन्तले मध्यान्हलाई बताए ।

मानव तस्करहरुले पछिल्लो समय गोर्खा, तनहूँ, लमजुङ, काल्की लगायतका जिल्लाहरुबाट सयौंको संख्यामा सुवाहुलाई इराक पठाइरहेको बुझिएको छ । दुबईमा बराकको धन्दा गर्ने मानव तस्करहरुको निकै चलखेल बढिरहेको छ ।

विगतमा भारत र तेस्रो मुलुकका विमानस्थलबाट लैजाने तस्करहरूले हाल नेपालकै अध्यागमन र एयरलाइन्सका कर्मचारीसँगको मिलेमतोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इराकÞ पठाइरहेको बताइएको छ । उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राति उडान गर्ने फ्लाइटबाट भ्रमणको उद्देश्य नखुले पनि आर्थिक मिलेमतोमा प्रस्थान अनुमति दिने गरेको पनि श्रोतले मध्यान्हलाई बतायो ।

नेपालबाट खाडी मुलुक भिजिटमा जान चाहनेले एक हजार अमेरिकी डलर, दोहोरो हवाई टिकट र होटल बुकिङको कागजपत्र देखाउनु पर्छ । मानव तस्करी गिरोहले अध्यागमनले तोकेका सबै प्रािक्रया पु¥याइदिने गरेको पनि बताइएको छ ।Source

Related News

एमाले दशौं महाधिवेशनः केन्द्रीय कमिटीका ६३ सदस्य निर्विरोध निर्वाचित
एमाले दशौं महाधिवेशनः केन्द्रीय कमिटीका ६३ सदस्य निर्विरोध निर्वाचित
  • ३ मंसिर २०७८, शुक्रबार

नेकपा एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीका ६३ सदस्य निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको दशौं महाधिवेशनको बन्दसत्रका अध्यक्ष मण्डलका...

गर्मीमा १२.५ डिग्री तापमान घटाउने कपडा
गर्मीमा १२.५ डिग्री तापमान घटाउने कपडा
  • ३ मंसिर २०७८, शुक्रबार

गर्मीमा सिल्कको कपडाले तपाईंलाई कटनभन्दा चीसो राख्छ । वैज्ञानिकले सिल्कको यस्तो कपडा तयार गरेका छन्, यसले सुतीको कपडाको तुलनामा १२.५...

अन्तत : मोदी सरकारले फिर्ता लियो विवादित ३ ओटा कृषि कानून
अन्तत : मोदी सरकारले फिर्ता लियो विवादित ३ ओटा कृषि कानून
  • ३ मंसिर २०७८, शुक्रबार

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तीन ओटा विवादित कृषि क़ानून फिर्ता लिएको घोषणा गरेका छन् । उनले शुक्रवार राष्ट्रको नाममा सम्बोधन...

TOP