भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तीन ओटा विवादित कृषि क़ानून फिर्ता लिएको घोषणा गरेका छन् ।
उनले शुक्रवार राष्ट्रको नाममा सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन् । ती तीन ओटा कृषि कानून रद्द गर्नुपर्ने माग राख्दै देशभर कृषकले विगत एक वर्षदेखि विरोध प्रदर्शन गर्दै आएका थिए । कृषकहरुले नयाँ कानून लागू भएको खण्डमा कृषि क्षेत्रमा कर्पोरेट क्षेत्रको बर्चस्व स्थापित हुने, किसानहरुले आफ्ना उत्पादनको न्यूनतम समर्थन मूल्य(एमएसपी) पनि नपाउने भन्दै विरोधमा थिए ।
मोदी सरकार उक्त कानून फिर्ता लिन तयार थिएन । तर उत्तर प्रदेश तथा पञ्जावमा केहि समय पछि हुन गइरहेको विधान सभाको चुनावलाई ध्यानमा राख्दै कृषि कानून फिर्ता लिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उक्त कानून भने यो महीनाको अन्यतिर शुरु हुने संसद सत्रमा संवैधानिक प्रक्रियामार्फत मात्र रद्द हुने छ ।
प्रधानमन्त्री मोदीले सम्बोधनका क्रममा किसानलाई बुझाउन नसक्दा किसानको अवस्था सुधार गर्ने उद्धेष्यले ल्याएको कानून फिर्ता गर्नु परेको बताएका छन् ।
आन्दोलनको क्रममा ६०० भन्दा बढी कृषकको मृत्यु भइसकेको छ । उता आन्दोलनरत पक्षले तत्काल आन्दोलन समाप्त नहुने पनि बताएका छन् । कानून फिर्ता लिएकोमा खुशी व्यक्त गर्दै पञ्जाव तथा उत्तर प्रदेशका आन्दोलनरत कृषकले जुलेवी तथा मिठाई एकापसमा बाँडेका छन् । Source
शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट बिक्री गर्दै नेपाल भरी सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट कम्पनी बन्न सफल भएको...
नेकपा माओवादी केन्द्रनिकट योङ कम्युनिष्ट लिग(वाईसीयल)ले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई...
चालु आर्थिक वर्ष २०७८/०७९ को अन्तिम कारोबार दिन नेप्से सामान्य अङ्कले बढेको छ । शुक्रबार नेप्से परिसूचक ७.९३ अङ्कले बढेर...