मुस्ताङमा हिम पहिरो गएको छ । आईतबार थासाङ गाउँपालिका—२ को हिमाली लेकमा हिम पहिरो जाँदा ७ जना घाइते भएको छन् । हिम पहिरो जाँदा भागदौड हुFदा ७ जना स्थानीयहरु घाइते भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जनाकारी दिए ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार थासाङ गापा मार्थि धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट हिम पहिरो खसेको हो। हिम पहिरोका कारण थासाङ गापाको वडा-२ को कोवाङ,लार्जुङ,नाउरिकोट,बोक्सी खोलालगायतमा बसोबास गरेका स्थानीयको भागदौड चलेको थियो ।
अहिले घाइतेलाई उद्धार गरेर जोमसोम लैजाने तयारी भइरहेको छ । पहिरो खसेपछि अहिले खोला केही बढेको र वरपरका गाउँमा जोखिम बढेको छ । उनले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताए ।
अमेरिका,अष्ट्रेलिया, जापान र भारतका नेताहरू भर्चुअल छलफल गर्दैछन् । क्वाड भनिने क्वाड्रिलेटरल सेक्युरिटी डाईलगमा आवद्ध यी ४ मुलुकका नेताहरूबीच कुरा...
सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेसन ९एमसीसी०सँगको सम्झौताको व्याख्यात्मक टिप्पणी पास गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद्ले सत्तारुढ गठबन्धनले तयार पारेको एमसीसीको...
नेपाली कथानक चलचित्र ‘ड्रिम्स ‘बाट आफ्नो फिल्मी यात्रा शुरु गरेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय चर्चा तथा विवादमा पर्ने...