नेपालमा सुन तस्करहरूले एकपछि अर्को गर्दै तस्करीको शैली फेर्दै लगेको पाइएको छ । कहिले विभिन्न कपडा तथा सामानमा फल्स बटन बनाएर, कहिले डायपरमा लुकाएर त कहिले निलेर सुन ल्याउँदै आएका तस्करहरूलाई पक्राउ गरेको प्रहरीले बुधबार भने मलद्वारमा लुकाएर सुन ल्याएको फेला पारेको हो ।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहान साढे ९ बजे मलद्वारमा लुकाएर सुन ल्याएको पाइएपछि भारतीय नागरिक मोहमद जुबेदलाई पक्राउ गरेको हो । उनी दुबईबाट फ्लाइ दुबई एयर हुँदै नेपाल आएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले जुबेदको हाउभाउ शंकास्पद लागेपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दा सुन ल्याएको पाइएको बताए ।
‘उनको हाउभाउ, हिडाइ शंकास्पद देखियो, त्यसपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा सुन ल्याएको खुल्यो,’ विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी बाँस्तोलाले राजधानीसँग भने ।
सोधपुछका क्रममा उनले आफूले मलद्वारमा सुन लुकाएर ल्याएको स्वीकारेका थिए । त्यसपछि प्रहरी र भन्सारका कर्मचारीले उनलाई थप सोधपुछ गरेका थिए । उनले सुन तस्करी गरेको स्वीकारेपछि प्रहरीले पानी र चिया खुवाएर शौचालयमा लगी दिशामार्फत सो सुन निकालेको थियो । सो क्रममा सुनका तीनवटा बिस्कुट भेटिएको हो ।
सुन निकालिएपछि प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ । पक्राउ परेका ती व्यक्तिलाई भन्सार विभागको जिम्मा लगाइएको एसएसपी बाँस्तोलाले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानका क्रममा सो सुन नेपाललाई ट्रान्जिट बनाएर भारततर्फ लैजान खोजिएको देखिएको र थप अनुसन्धान जारी रहेको प्रहरी बताउँछ ।
२७ करोड बढीको अवैध सुन बरामद
नेपाल प्रहरीले आर्थिक वर्ष २०७७-७८ मा २७ करोड १५ लाख ९१ हजार ६ सय ८० रुपैयाँबराबरको अवैध सुन बरामद गरेको थियो ।
यसैगरी, आर्थिक वर्ष २०७६-७७ मा २० करोड ३० लाख ५१ हजार १ सय ३२ रुपैयाँबराबरको अवैध सुन बरामद गरेको थियो ।
त्यसअघि आर्थिक वर्ष २०७५-७६ मा २३ करोड ५५ लाख ४१ हजार ८ सय ४१ रुपैयाँबराबरको अवैधन सुन बरामद गरी नेपाल प्रहरीले कुल राजस्व संकलनमा योगदान गरेको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाएको छ ।
यी तीन वर्षको तुलनामा आर्थिक वर्ष २०७७-७८ मा भने आर्थिक वर्ष २०७६-७७ मा भन्दा ३३ दशमलव ७५ प्रतिशतले बढी रकमबराबरको सुन बरामद भएको तथ्यांकले देखाएको छ ।Source
दार्चुलामा हाइस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका —९ गोकुलेश्वरबाट पनेबाँजतर्फ जाँदै गरेको म १...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल आउँदा छुट्टै आनन्द आउने बताएका छन् । लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले नेपाल...
पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानहरुमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो ? यस पटक त्यस्तो टोली आउँदैन ?”...