जापानको प्रधानमन्त्रीमा लिवरल डेमोक्रेटिक पार्टी (एलडीपी) का अध्यक्ष फुमिओ किशिदा फेरि निर्वाचित भएका छन् । संसदको विषेश अधिवेशनले उनलाई बहुमतका साथ निर्वाचित गरेको समाचारमा जनाइएको छ । गत अक्टोबर ३१ मा भएको पार्टीको अधिवेशनबाट उनी फेरि अध्यक्षमा निर्वाचित भएपछि अहिले प्रधानमन्त्रीमा पनि निर्वाचित भएका हुन् ।
गत अक्टोबर ४ मा पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका किशिदाले अहिले दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् । उनले मन्त्रीपरिषद्को सदस्यमा पनि आफ्नो पहिलो कार्यकालका सहयात्रीहरुलाई नै निरन्तरता दिने अपेक्षा गरिएको छ ।
छोटो समयका लागि सञ्चालन गरिएको संसदको विषेश अधिवेशनको अरु पनि केही महत्वपूर्ण कामहरु गरेको संसद सचिवालयले जनाएको छ । नयाँ सरकारले कोरोनाभाइरसको महामारीबाट प्रभावित भएको अर्थतन्त्रलाई पुनर्जिवित गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ ।
अर्थतन्त्रलाई चलायमान गराउन सरकारले ‘गो टु ट्राभल’ अभियान समेत चलाउने तयारी गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।
उनले आफूले घोषणा गरेका आर्थिक कार्यक्रमहरूलाई कार्यान्वयन गर्नका लागि भन्दै आमनिर्वाचनमा आमनागरिकको सहयोगको अपेक्षा गरेका थिए । प्रधानमन्त्री किशिदाले देशमा आर्थिक विकासका प्रभावकारी कार्यक्रमहरू ल्याउने भन्दै त्यसका लागि सहयोग गर्न सबै मतदाताहरूसँग आग्रह गरेका थिए । –एजेन्सी
दार्चुलामा हाइस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका —९ गोकुलेश्वरबाट पनेबाँजतर्फ जाँदै गरेको म १...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल आउँदा छुट्टै आनन्द आउने बताएका छन् । लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले नेपाल...
पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानहरुमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो ? यस पटक त्यस्तो टोली आउँदैन ?”...