चीनले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोपको १६ लाख मात्रा (डोज) आज (बुधबार) नेपाल आइपुगेको छ। खोप बिहान नेपाल आइपुगेको हो।
चीनले अनुदानमा उपलब्ध गराएको उक्त खोप आज स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको छ। चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई अनुदान स्वरुप आएको खोप हस्तान्तरण गरेकी हुन्।
शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि चीनले नेपाललाई थप १६ लाख डोज कोरोना विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको थियो।
गत साउन १ गते प्रधानमन्त्री देउवासँगको भेटवार्तामा नेपालका लागि चिनियाँ राजदूत यान्छीले अनुदान स्वरुप थप १६ लाख डोज खोप उपलब्ध गराइने जानकारी दिएकी थिइन्।
चीनले नेपाललाई यस अगाडि नै १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराइसकेको थियो। आज हस्तान्तरण गरिएको १६ लाखसहित नेपाललाई चीनले ३४ लाख डोज खोप अनुदानमा उपलब्ध गराइसकेको छ।
स्वास्थ्यमन्त्री खतिवडाका अनुसार नेपालले खरिद प्रक्रिया मार्फत समेत १ करोड डोज चिनियाँ खोप नेपाल ल्याइसकेको छ।
शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट बिक्री गर्दै नेपाल भरी सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट कम्पनी बन्न सफल भएको...
नेकपा माओवादी केन्द्रनिकट योङ कम्युनिष्ट लिग(वाईसीयल)ले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई...
चालु आर्थिक वर्ष २०७८/०७९ को अन्तिम कारोबार दिन नेप्से सामान्य अङ्कले बढेको छ । शुक्रबार नेप्से परिसूचक ७.९३ अङ्कले बढेर...