मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १७ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको छ ।
कम्पनीको कात्तिक १६ गते बिहान बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. १२ करोड ११ लाख ५० हजारको आधारमा उक्त बोनस शेयर वितरणको प्रस्ताव गरेको हो । यस वर्ष कम्पनीको बोनस शेयरमा लाग्ने कर भने छूट हुनेछ ।
साविक मनकामना लघुवित्त वित्तीय संस्था र साविक स्मार्ट लघुवित्त वित्तीय संस्थाविच मर्जर प्रक्रिया सम्पन्न भई २०७७ साल साउन ११ गतेदेखि एकीकृत कारोबार गरेकाले यस वर्ष लाभांश करमा छूटको व्यवस्था हुनेछ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट बिक्री गर्दै नेपाल भरी सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट कम्पनी बन्न सफल भएको...
नेकपा माओवादी केन्द्रनिकट योङ कम्युनिष्ट लिग(वाईसीयल)ले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई...
चालु आर्थिक वर्ष २०७८/०७९ को अन्तिम कारोबार दिन नेप्से सामान्य अङ्कले बढेको छ । शुक्रबार नेप्से परिसूचक ७.९३ अङ्कले बढेर...