झापाको कनकाई नगरपालिका– १ स्थित खेतको खोल्सीमा एकजना पुरुष मृत भेटिएका छन् । घर निर्माणमा कार्यरत सोही ठाउँका ४८ वर्षीय बेनुप्रसाद उप्रेती आज बिहान ६ बजेतिर खोल्सीमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ । प्रहरीका अनुसार हिजो दिउँसो ३ बजेदेखि बेपत्ता भएका उप्रेती घर नजिकैको खोल्सीमा आज बिहान मृत अवस्थामा फेला परेका थिए ।
माछा मार्न भन्दै घरबाट हिँडेका उप्रेतीको करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको हुनसक्ने स्थानीयवासीले आङ्शका गरेका छन् । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।
शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट बिक्री गर्दै नेपाल भरी सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट कम्पनी बन्न सफल भएको...
नेकपा माओवादी केन्द्रनिकट योङ कम्युनिष्ट लिग(वाईसीयल)ले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई...
चालु आर्थिक वर्ष २०७८/०७९ को अन्तिम कारोबार दिन नेप्से सामान्य अङ्कले बढेको छ । शुक्रबार नेप्से परिसूचक ७.९३ अङ्कले बढेर...