२२ मंसिर २०७८, बुधबार
December 8, 2021, Wednesday

जलवायु सम्मेलनको उच्चस्तरीय सत्र आजबाट

जलवायु सम्मेलनको उच्चस्तरीय सत्र आजबाट

जलवायु परिवर्तनसम्बन्धि संयुक्त राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप २६) को लिडर्स सम्मेलन (वर्ल्ड लिडर्स समिट) मा सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्दैछन् ।

जलवायु सम्मेलनमा कार्यकारी प्रमुखका हैसियतमा १२ वर्षपछि प्रधानमन्त्रीबाट सम्बोधन हुन लागेको हो ।

प्रधानमन्त्री देउवाले पनि जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्या, जलवायुजन्य हानी नोक्सानी, जलवायु अनुकूलन, विकसित मुलुकहरुको दायित्वलगायत विषयमा सम्वोधन गर्ने अधिकारीहरुले जनाएका छन् ।

यसअघि डेनमार्कको कोपनहेगनमा सन् २००९ मा भएको कोप १५ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल कार्यकारी प्रमुखको हैसियतमा सहभागी भएका थिए, त्यसपछि नेपालबाट कार्यकारी प्रमुखले भाग लिएका छैनन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले प्रधानमन्त्री देउवासहित विश्वभरका सरकार प्रमुखहरुलाई कात्तिक १५ र १६ (१ र २ नोभेम्बर) मा हुने लिडर्स सम्मेलनमा भाग लिन निमन्त्रणा गरेका छन् । सम्मेलनमा करिब १२० देशका प्रमुखहरुले सम्बोधन गर्नेछन् । जलवायु सम्मेलनका अहिलेसम्मका २६ वटा संस्करणमा नेपालबाट कार्यकारी तहबाट सहभागीता न्युन छ । प्राय: जलवायुको फोकल वन तथा वातावरण मन्त्रालयका अधिकारीहरुले मात्र भाग लिने गरेका थिए । सम्मेलनमा भाग लिन प्रधानमन्त्री देउवासहित वन तथा वातावरणमन्त्री रामसयायप्रसाद यादबलगायत सरकारी अधिकारीको टोली आइतबार साँझ लण्डनबाट ग्लास्गो आइपुगेको छ ।

के हो ‘कोप २६’, नेपालले के मुद्दा उठाउँदैछ ?
विश्वका शक्तिशाली नेताहरुसमेत सहभागी हुने यो सम्मेलनको पहिलो खण्डलाई “सरकार प्रमुखहरुको उच्चस्तरीय सत्र” भनिएको छ । कोप २६ लाई सन् २०१५ मा भएको पेरिस सम्झौतापछिको महत्वपूर्ण सम्मेलनको रुपमा हेरिएको छ । सम्मेलनले कार्बन बढी उत्सर्जन गर्ने बिशेष गरी जी–२० राष्ट्रहरुलाई २०३० सम्ममा कार्बन उत्सर्जन दु्रतगतिमा घटाउन दबाब दिनेछ ।

नेपालसहितका अति कम विकसित मुलुकहरु (एलडीसी) समूहले यो पटकको कोपमा जलवायुजन्य हानी नोक्सानी र विश्वको तापमान १.५ डीग्रीभन्दा बढ्न नदिने मुद्दालाई विशेष प्राथमिकता दिने साझा धारणा तय गरेका छन् ।

आइतबार सुरु भएको सम्मेलनको उद्घाटनका क्रममा कोप २६ का अध्यक्ष आलोक शर्माले १.५ डिग्री सेल्सियसको लक्ष्यमा पुग्ने काम कठिन भएको बताउँदै त्यो हासिल गर्न विश्व नेताहरू एकजुट हुनुपर्ने बताएका छन् । उनले भने, “१.५ डिग्री सेल्सियसमा सीमित गर्नका लागि कोप २६ हाम्रो अन्तिम उत्कृष्ट आशा हो ।” पक्ष मुलुकहरुले कार्बन उत्सर्जन घटाउने थप महत्वकांक्षी लक्ष्यहरू तय गर्न भनिएको छ । शर्माले जलवायु असरको एउटा उदाहरण नेपालको मुस्ताङमा आफैंले देखेको बाढी र खडेरीबाट विस्थापित भएको कथा सुनाएका थिए । शर्माले गत चैतमा नेपाल भ्रमण गरेका थिए ।Source

Related News

एमाले दशौं महाधिवेशनः केन्द्रीय कमिटीका ६३ सदस्य निर्विरोध निर्वाचित
एमाले दशौं महाधिवेशनः केन्द्रीय कमिटीका ६३ सदस्य निर्विरोध निर्वाचित
  • १५ कार्तिक २०७८, सोमबार

नेकपा एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीका ६३ सदस्य निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको दशौं महाधिवेशनको बन्दसत्रका अध्यक्ष मण्डलका...

गर्मीमा १२.५ डिग्री तापमान घटाउने कपडा
गर्मीमा १२.५ डिग्री तापमान घटाउने कपडा
  • १५ कार्तिक २०७८, सोमबार

गर्मीमा सिल्कको कपडाले तपाईंलाई कटनभन्दा चीसो राख्छ । वैज्ञानिकले सिल्कको यस्तो कपडा तयार गरेका छन्, यसले सुतीको कपडाको तुलनामा १२.५...

फेरि शुरु भयो इराक पठाउने धन्दा : गोरखा, तनहूँ, लमजुङ, कास्कीका सयौं युवा इराकमा
फेरि शुरु भयो इराक पठाउने धन्दा : गोरखा, तनहूँ, लमजुङ, कास्कीका सयौं युवा इराकमा
  • १५ कार्तिक २०७८, सोमबार

यूएई : सरकारले खाडी मुलुक इराकमा वैदेशिक रोजगारीमा जान रोक लगाए पनि मानव तस्करले सेटिङ गरी नेपालीलाई उक्त मुलुक पु¥याइरहेको...

TOP