महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बालबालिकालाई छिटोभन्दा छिटो खोप दिने व्यवस्था गरिने बताएकी छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले पाँच वर्षमाथिका बालबालिकालाई खोपको व्यवस्थापनमा सरकार लागेको बताएकी हुन् ।
उनले भनिन्, “विदेशमा यसको परीक्षण भइरहेको छ, परीक्षणको काम सम्पन्न भएसँगै फाइजर र मोडना नेपालमा पनि आउँछ ।” खोपको सुनिश्चितता भइसकेको जनाउँदै उनले अब छिट्टै खोप ल्याउनतर्फ सरकार लाग्ने बताइन् ।
कोरोना सङ्क्रमण बढ्न नदिन सबै सचेत हुनुपर्ने उल्लेख गर्दै उनले खोप नलगाएकाले थप सतर्क हुनुपर्नेमा जोड दिइन् । महिला, बालबालिका र ज्येष्ठ नागरिकको हितमा काम गर्ने विषयमा मन्त्रालयले योजना बनाउन थालिसकेको उनको भनाइ थियो ।
फरक प्रसङ्गमा उनले न्यायपालिकालाई विवादमा पार्नु राम्रो नभएको बताइन् । उनले भनिन्, “विवाद मिलाएर अगाडि बढ्नुपर्छ ।” न्यायपालिकालाई विवादमा मुछ्नु राम्रो नहुने उनको भनाइ थियो ।
अमेरिका,अष्ट्रेलिया, जापान र भारतका नेताहरू भर्चुअल छलफल गर्दैछन् । क्वाड भनिने क्वाड्रिलेटरल सेक्युरिटी डाईलगमा आवद्ध यी ४ मुलुकका नेताहरूबीच कुरा...
सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेसन ९एमसीसी०सँगको सम्झौताको व्याख्यात्मक टिप्पणी पास गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद्ले सत्तारुढ गठबन्धनले तयार पारेको एमसीसीको...
नेपाली कथानक चलचित्र ‘ड्रिम्स ‘बाट आफ्नो फिल्मी यात्रा शुरु गरेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय चर्चा तथा विवादमा पर्ने...