अर्थ मन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र वृद्धि गर्न धेरै उद्योग धन्दा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।
आज शुक्रवार १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्दै अर्थ मन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र वृद्धि गर्न धेरै उद्योग धन्दा सञ्चालन गर्नुपर्ने बताउनुभएको हो । उहाँले देशको अर्थतन्त्रलाई बलियो बनाउन उद्योग धन्दा र खेतीपातीलाई सरकारले प्रोत्साहन गरिरहेको बताउनुभयो । उहाँले हरेक क्षेत्रमा काम गर्नेहरूले आफ्नो ठाउँबाट आफू आत्मनिर्भर बन्छु भन्ने सोच्नुपर्ने बताउनुभयो ।
अर्थ मन्त्री शर्माले भन्नुभयो, ‘उत्पादनमुखी अर्थतन्त्र हुनुपर्छ, उत्पादनमा आधारित राजस्व हुनुपर्छ । मैले यसो भनिरहँदा केहीले त्यसको विरोध गरे, स्वदेशमा उद्योग धन्दा खोल्नु हुँदैन, बाहिरबाट किनेर बेच्ने हो भने खबरदार, देशको अर्थतन्त्र बलियो र वृद्धि गर्न स्वदेशमै उत्पादन गर्ने उद्योग धन्दा हुनुपर्छ, खेतीपाती चाहिन्छ, व्यवसायलाई प्राथमिकता दिनुपर्छ, उत्पादनमुखी अर्थतन्त्र निर्माण गरेर मात्रै आत्मनिर्भर बन्न सकिन्छ । नेपालमै भएका कच्चा पदार्थ र बाहिरबाट कच्चा पदार्थ ल्याएर भए पनि उद्योग धन्दा स्वदेशमै खोलिनुपर्छ, त्यसका लागि सरकारले के सहयोग गर्नुपर्छ तयार छौँ ।’
अर्थ मन्त्री शर्माले नेपालमा पुष्प खेतीको आकर्षण बढ्दै गएको बताउनुभयो । उहाँले पुष्प व्यवसायले देशको अर्थतन्त्रलाई बढाउने बताउँदै नागरिककाे पसिनाबाट उठाइएको राजस्व नागरिककै लागि खर्च गर्ने बताउनुभयो । उहाँले नेपाल अर्को वर्षसम्म फूलमा आत्मनिर्भर हुनुपर्ने बताउनुभयो ।
अर्थ मन्त्री शर्माले भन्नुभयो, ‘चार दिनसम्म सञ्चालन हुने पुष्प मेलाले आफ्नो लक्ष्य हासिल गर्नेछ, फूल प्रेमीलाई सेवा प्रदान गर्नेछ, व्यवसायलाई अघि बढाउनेछ, फूल खेती बारेका जिज्ञासालाई मेटाउनेछ, आउँदा दिनमा यो क्षेत्रमा काम गर्नेहरूको सङ्ख्या वृद्धि गर्नेछ, नेपालमा पुष्प खेतीको आकर्षण बढिरहेको छ, कोभिडले सबै क्षेत्रमा असर गरेको छ, पुष्प व्यावसायले देशको अर्थतन्त्रलाई बलियो बनाउन सहयोग गर्छ, देशको ठूलो समस्या समाधान हुन्छ । हामी नागरिकबाट उठेका पसिनाको राजस्वलाई जनताकै लागि खर्च गर्नेर्छौँ ।’
अर्थ मन्त्री शर्माले फूल र मानिसको सम्बन्ध जीवनकालसम्म भएको बताउँदै फूल अन्य देशमा व्यापारमा मात्रै जोडिए पनि नेपालमा संस्कृतिसँग जोडिएको बताउनुभयो । उहाँले सरकारले काठमाण्डाै उपत्यकामा १२ वटा पार्क बनाउने योजना अघि सारेको बताउनुभयो ।
अमेरिका,अष्ट्रेलिया, जापान र भारतका नेताहरू भर्चुअल छलफल गर्दैछन् । क्वाड भनिने क्वाड्रिलेटरल सेक्युरिटी डाईलगमा आवद्ध यी ४ मुलुकका नेताहरूबीच कुरा...
सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेसन ९एमसीसी०सँगको सम्झौताको व्याख्यात्मक टिप्पणी पास गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद्ले सत्तारुढ गठबन्धनले तयार पारेको एमसीसीको...
नेपाली कथानक चलचित्र ‘ड्रिम्स ‘बाट आफ्नो फिल्मी यात्रा शुरु गरेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय चर्चा तथा विवादमा पर्ने...