९ चैत्र २०७९, बिहीबार
March 23, 2023, Thursday

कस्तो अचम्म: नेपालमै एक युवाले बनाए पानी बाट चल्ने गाडी

कस्तो अचम्म: नेपालमै एक युवाले बनाए पानी बाट चल्ने गाडी

पानीबाट गाडी चल्छ भन्दा जो कोहीलाई अचम्म लाग्ला। तर, नेपालमा यो सम्भव भएको छ। यहाँका एक युवा इन्जिनियरले पानीबाट गाडी चलाउने उपकरण तयार परेका छन्। जसलाई जुनसुकै गाडी तथा मोटरसाइकलमा प्रयोग गर्न सकिन्छ। बुटवल मिलनचोकका युवा शिशिर जिसीले ‘फ्युल सेभर किट’ तयार पारेका छन्। भारतको बैंगलोरबाट मेकानिकल इन्जिनियररिङ गरेका उनले साना गाडी र मोटरसाइकलमा प्रयोग गर्न सकिने डिभाइस बनाएका हुन्।

यो डिभाइसको प्रयोगले इन्धन बिना नै गाडी चल्ने भने होइन। ४० प्रतिशत पानी र ६० प्रतिशत इन्धनको प्रयोगबाट गाडी चल्छ। ‘फ्युल सेभर किट’ नामक डिभाइसमा प्रशोधित पानी राखिन्छ।

पानीबाट हाइड्रोजन र अक्सिजन छुट्छन्। हाइड्रोजन ग्यास पाइपलाई गाडीको इन्जिनमा लगेर जोडिन्छ। हाइड्रोजनको क्षमता पेट्रोलभन्दा तीनगुणा बढी हुने भएकाले यसले इन्धनले गर्नुपर्ने ४० प्रतिशत काम गर्छ। यतिमात्रै होइन, यो डिभाइसले इन्जिनको क्षमता बृद्धि, पिकअप पावरबृद्धि र आवाजसमेत कम गर्ने इन्जिनियर जिसीले बताए।

हाइड्रोजन ग्यास प्रयोगपछि गाडीले फाल्ने दुषित कार्बनमोनोअक्साइड जस्ता ग्यासको उत्सर्जन ५० प्रतिशत कम हुन्छ। इन्धनमा ४० प्रतिशत, इन्जिन क्षमता बृद्धि, वातावरण प्रदुषणसमेत ५० प्रतिशतले कम हुने उनले दाबी गरेका छन्। ०७२ सालमा भएको नाकाबन्दीका बेला शिशिरले यो प्रोजेक्टको कल्पना गरेका थिए। डेढ वर्षअघि डिभाइस बनाएर आफ्नै गाडीमा फिट गरे। यसले सकारात्मक नतिजा दिएपछि अझै सुधार गर्दै उनले यो डिभाइस तयार पारेका हुन्। कार जिपमा प्रयोग गर्न मिल्ने डिभाइसको साइज ३० सेन्टिमिटर चौडाई र ३० सेन्टिमिटर उचाईको छ। मोटरसाइकलको लेगगार्डमै डिभाइस राख्न सकिन्छ भने ठुला गाडीको केही ठुलो छ।

कारमा प्रयोग हुने डिभाइसमा ४ दशमवल ६ लिटर पानी हालिन्छ। जसले ६५० किलोमिटर गाडी चल्छ। कारको डिक्कीमा यो डिभाइस फिट गर्ने गरी तयार पारिएको छ। ‘मैल नेपालमा व्यापार घाटा र वातावरण संरक्षणलाई ध्यानमा राखेर डिभाइस निर्माण गरेको हुँ, शिशिरले भने,‘सबै गाडीमा यो उपकरण फिट गर्न सकियो भने नेपालले करिब १ खर्बको इन्धन आयात गर्नु पर्दैन्, नेपालकै पानीले गाडी चलाउन सकिन्छ।’

डेढ वर्षको प्ररीक्षण सफल भएपछि शिशिरले बिक्री गर्ने गरी प्रजेक्ट सार्वजनिक गरेका छन्। यो डिभाइस दुई महिनाभित्र बजारमा पाइने उनले बताए। मूल्य कायम भइसकेको छैन। कारमा प्रयोग हुने डिभाइसको मुल्य ५० हजारभन्दा तल नै पर्ने उनले बताए। ‘१०० प्रतिशत नै पानीबाट चल्ने अर्काे प्रोजेक्टको तयारीमा छु,’ उनले भने,‘यसको प्रयोगसँगै त्यो पनि बनाउन थाल्छु।’

विज्ञान प्रविधि मन्त्री गणेश शाहले यो डिभाइस नेपालका लागि अत्यावश्यक आविस्कार भएको बताए। ‘चार प्रतिशत इन्धनको खपत घटाउन सके पनि धेरै हुन्छ, यसले त ४० प्रतिशतको काम गर्नेवाला छ’, उनले भने,‘सरकारी गाडीमा यो डिभाइस प्रयोग गरेर परीक्षण गर्नुपर्छ।’

उर्जाविद् शेखर अर्यालले पनि नेपाली पानीलाई प्रयोग गरेर गाडी चलाउनु महत्वपूर्ण आविस्कार भएको बताए। शिशिरले बनाएको डिभाइसको बुटवलमा प्रदेश–५का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले उद्घाटन गरे। अन्नपूर्ण पोस्ट बाट

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • २५ भाद्र २०७६, बुधबार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • २५ भाद्र २०७६, बुधबार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • २५ भाद्र २०७६, बुधबार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

TOP