२० मंसिर २०७८, सोमबार
December 6, 2021, Monday

राजधानीमा नेपाल युवा उद्यमशीलता सम्मेलन २०१९ आयोजना हुदै

राजधानीमा नेपाल युवा उद्यमशीलता सम्मेलन २०१९ आयोजना हुदै

अन्र्तराष्ट्रिय युवा दिवस अगष्ट १२ को अवसर पारेर प्रदेश नम्बर ३ सरकारको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय, राष्ट्रिय युवा परिषद् र विशाल मिडिया ग्रुपको आयोजना र आईएमई फाउण्डेशन सह–आयोजना रहने गरी यहि साउन २७ र २८ गते राजधानीमा नेपाल युवा उद्यमशीलता सम्मेलन २०१९ आयोजना गरिने भएको छ ।

उद्यमशीलता र नवप्रवद्र्धनका लागी शिक्षामा रुपान्तरण भन्ने मुल नाराका साथ यस बर्षको युवा उद्यमशीलता सम्मेलनमा देशभरीका ५०० युवा उद्यमीहरु सहभागी हुने भएका छन् । आज काठमाण्डौमा गरिएको पत्रकार सम्मेलनमा प्रदेश नम्वर ३ सरकारका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री मा. अरुण नेपालले उद्यमी बन्नका लागि सीप, दक्षता, आत्मबिश्वास, पुँजी र लागानीको वातावरण चाहिने बताउदै यो युवा उद्यमशीलता सम्मेलनले उद्यमशीलताको उपयुक्त अवसर निर्माणमा पहल गर्ने बताउनु भयो । सोही समारोहमा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजना हुने युवा उद्यमशीलता सम्मेलन २०१९ उद्यम गर्न चाहाने नेपाली युवाहरुका लागि निकै महत्वपूर्ण प्लेटफर्म भएको बताउनुभयो । त्यसै गरी सम्मेलन मुल आयोजक समितिका संयोजक विशाल गैरेले प्रादेशिक संरचनाभित्र युवन उद्यमशीलताको सम्भावना, अवसर र चुनौतिबारे बहस गरी निति निर्मातालाई सचेत गराउने, युवा उद्यमीहरुका सफलताका कथाहरु आदनप्रदान गर्ने देशभरको उद्यमी बन्न चाहने युवालाई उत्प्रेरणा दिने दृष्टिकोणले यो सम्मेलन सफल रहने विश्वास व्यक्त गर्नुभयो ।

उक्त सम्मेलनको समुद्घाटन सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले गर्नुहुने भएको छ भने सम्मेलनको समापन सम्बोधन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले गर्नु हुने भएको छ । साथै सम्मेलनमा पुर्व प्रधामन्त्री माधव कुमार नेपाल, अर्थमन्त्री युवराज खतिवडा, युवा तथा खेलकुद मन्त्री जगत् विश्वकर्मा तथा बरिष्ठ उद्यमीहरु सम्मीलीत हुने जानकारी गराइएको थियो ।

Related News

लकडाउन हुँदैन, यसबारे सरकारले केही निर्णय गरेको छैन : स्वास्थ्य मन्त्रालय
लकडाउन हुँदैन, यसबारे सरकारले केही निर्णय गरेको छैन : स्वास्थ्य मन्त्रालय
  • २० श्रावण २०७६, सोमबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाहिर हल्ला फैलिएजस्तो लकडाउनबारे निर्णय नभएको जनाएको छ । सोमबार ओमिक्रोनका २ जना संक्रमित भेटिएपछि स्वास्थ्य...

औद्योगिक करिडोरमा मागेजति बिजुली दिने तयारीमा विद्युत् प्राधिकरण
औद्योगिक करिडोरमा मागेजति बिजुली दिने तयारीमा विद्युत् प्राधिकरण
  • २० श्रावण २०७६, सोमबार

हरेक युनिट बिजुलीलाई आर्थिक उत्पादनमा जोड्ने र देशभित्रै खपत बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले योजनावद्ध रुपमा प्रयास थालेको छ...

केन्द्रीय महाधिवेशन तयारीबारे सभापति देउवाले छलफल गर्नुहुँदै
केन्द्रीय महाधिवेशन तयारीबारे सभापति देउवाले छलफल गर्नुहुँदै
  • २० श्रावण २०७६, सोमबार

प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं केन्द्रीय महाधिवेशन तयारीका सम्बन्धमा सोमबार दिउँसो ४ : ३० बजे...

TOP