१६ आश्विन २०७९, आईतवार
October 2, 2022, Sunday

माया कस्तो लाएँ’ बाट गुंजनकाे यात्रा (हेर्नुस भिडियो सहित )

माया कस्तो लाएँ’ बाट गुंजनकाे यात्रा (हेर्नुस भिडियो सहित )

काठमाण्डौँ नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाउन सफल तबला बाधकतुंगनाथ उपाध्यायको कान्छि छोरी गुंजन उपाध्यायले अमेरिकामा पनि आफ्नो बुबाको लय पछ्याउदै अघि बढेरहेकी छिन् ।  हाल स–परिवार अमेरिकामा बस्दै आएकी गुंजनलाई तोते बोली बोल्न जान्दै र बामै सरेर हिड्न सक्ने हुँदादेखी नै उनका बुबा तुंगनाथले गायन तथा संगीतको क्षेत्रमा डो¥याएका हुन् ।
बाबाको साथमा काठमाडौं स्थित मालिगाउँको आफ्नै घरमा उनले नेपालका प्रसिद्ध तबला बादक पं.होमनाथ उपाध्य द्धारा स्थापित ‘प्रस्तार’ समुहको साधाना पनि नजिकबाट अनुभव गर्ने मौका पाईन । जसका कारणले पनि उनलाई सांगितिक क्षेत्रमा लाग्ने उर्जा मिल्यो । विद्यार्थी जिवनमा उनी ग्यालेक्सि पब्लिक स्कुल को छोरी ग्रुप मा थिईन।
बागबजार स्थित केएमसी मा दोस्रो वर्षमा पढ्दै गर्दा उनी अमेरिका प्रस्थान गरिन । जनुसमयमा उनी चण्डी काफ्ले सित सास्त्रिय संगीत सिक्दै थिईन् भने गुरू पं होमनाथ उपाध्याय र पछी उहाँको व्यस्ततामा शन्तोष वर्मा सित तबला पनि सिक्दथिन् ।उनले माधुरी ताई, पद्मविभुषण रामदेश पाण्डे ज्युकी श्रीमती अर्चना देशपान्डे आदि गुरूबाट पनि केही समय गायन सिकिन् । समय मिलाएर उनले काठमाडौं बाट प्रवीण बुडापिर्थी सित केही समय पियानो समेत सिकिन । गुंजनको घरमा सांगीतिक माहोल सधैं रहने गर्दछ । उनकी आमाले ललितकला क्याम्पसमा केही समय सितार सिकेकी थिईन् भने दिदी अन्तराले गुरु गोपालनाथ योगी र रुपक साथै नोर्वु छिरिड वाट भायोलिन सिक्ने गर्थिन् । तिनताका बुुबा तुँगनाथ स्कुलहरुमा र बाहिर म्युजिकल कार्यक्रमहरु गर्ने गर्दथे । नेपालबाट अमेरिका पुगेपछि पढाईको साथमा उनको साँगिती यात्राले अझै उचाई लिदैं गैरहेको छ । विभिन्न कार्यक्रमहरुमा उनका प्रस्तुतिले विशेष महत्व पाउँदै गैरहेका छन् भने । उनका फ्यान फलोर्यस पनि बढ्दै गैरहेका छन् ।  अमेरिमामा रहेको विभिन्न संघ संस्थाको कार्यक्रमहरुमा गाउँदै गर्दा सन २०१३ मा नेपालीहरुद्धारा संचालित संस्था ए.एन.ए को सुपरनोभा ट्यालेन्ट कम्पिटिसनमा भाग लिईन र प्रथम पनि भईन भने ट्वान्टि हार्वस रेडियो स्टेसनको वर्ष २०१५ को ट्यालेन्ट सिंगीग कम्पिटिसनमा डालासका ६० उत्कृष्ट सहभागि मध्ये हिन्दी गीतमा उनी मात्र एक नेपाली चेलिले फस्ट रनर अप हुन सफल भईन ।उनले गाएका विभिन्न कभर सङपनि दर्शकले राम्रो रुचाएका छन् । र्हालाईट्स नेपाल मार्फत केहि समय अगाडि मात्र उनले आफ्नो बुबाको शब्द तथा संगीतमा ‘माया कस्तो लाएँ’ बोलको गित दर्शकमाझ प्रस्तुत गरेकि छन् ।

Related News

नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
  • ३० पुष २०७५, सोमबार

नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...

खडेरीले खेती सुकेपछि किसान चिन्तित
खडेरीले खेती सुकेपछि किसान चिन्तित
  • ३० पुष २०७५, सोमबार

पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...

शिवजीको प्रिय महिना साउन , के के गर्न सकिन्छ ब्रतमा
शिवजीको प्रिय महिना साउन , के के गर्न सकिन्छ ब्रतमा
  • ३० पुष २०७५, सोमबार

भगवान शिवको प्रिय महिना साउनको पहिलो सोमवार आराध्यदेव पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । विहानैदेखि भक्तजनहरुको उल्लेख्य...

TOP