बलिउड स्टार सलमान खानको बहुप्रतीक्षित चलचित्र ‘टाइगर जिन्दा है’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । रिलिजसँगै चलचित्रको बिषयमा राम्रा रिब्यु समेत आउन थालेका छन् । सलमान खान अभिनित यस अगाडि प्रदर्शित चलचित्रलाई मन नपराउने दर्शकले पनि यसलाई मन पराएका छन् । चलचित्रले बम्बर ओपनिङ गर्न सफल भएको छ ।
हेर्ने दर्शकले चलचित्रको राम्रो तारिफ गरिरहेका छन् । सलमान र कट्रीना कैफको एक्सनले धेरैको मन छोएको छ । चलचित्र एक्सन प्रधान रहेको र देशभक्तिपूर्ण रहेको बताइएको छ । पहिलो सिक्वेलको तुलनामा यसपटक टाइगर धेरै खतरनाक देखिएका छन् ।
अगाडिको सिक्वेलमा टाइगर आफ्नो प्रेमका लागि लडेको देखाइएको थियो भने यो सिक्वेलमा टाइगर देशको लागि लडेको देख्न पाईन्छ । हलिउड स्टाइलका एक्सन राखिएको चलचित्रमा सलमान राम्रो एक्सन गर्न सफल देखिएका छन् । ‘टाइगर जिन्दा है’ ठुलो बजेटको चलचित्र हो । यसको निर्माण लागत मात्र १ सय ५० करोड भारु बताइएको छ । यसमा सलमान खानको फिस जोडिएको छैन ।
यस अगाडि बनेको ‘एक था टाइगर’ले पनि बक्स अफिसमा हंगामा मच्चाएको थियो । वितरकहरुको भनाइलाई पत्याउने हो भने चलचित्रले यसै साता लगानी उठाउने छ । रिलिजकै साता क्रिसमसको छुट्टी भएकोले पनि चलचित्रको कमाई अन्य समयको भन्दा दुईगुना हुने अपेक्षा निर्माण युनिटको छ ।
याँ चलचित्र ‘माइकल अधिकारी’ १ रुपैयाँमै सिनेमा हलमा बसेर हेर्न पाइने भएको छ । नेपालकै सबैभन्दा ठूलो डिजिटल वालेट इसेवाले...
लोकप्रिय गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन...
शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट बिक्री गर्दै नेपाल भरी सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट कम्पनी बन्न सफल भएको...