मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभातर्फको अब ५ स्थानको मात्र अन्तिम मतपरिणाम आउन बाँकी छ ।
सुनसरी क्षेत्र नम्बर–३, स्याङ्जा क्षेत्र नम्बर–१, स्याङ्जा क्षेत्र नम्बर–२, कैलाली क्षेत्र नम्बर–२ र सर्लाही क्षेत्र नम्बर–४ को मतपरिणाम आउन बाँकी रहेको छ ।
केही निर्वाचन क्षेत्रमा मतगणनाका क्रममा भएको विवाद र केहीमा मतगणनापूर्व भएको विवादका कारण ढिलोगरी मतगणा सुरु भएपछि मतपरिणाम आउन ढिलो भएको हो ।
सुनसरी क्षेत्र नम्बर–३ मा नेपाली कांग्रेसका नेतासमेत रहेका विजयकुमार गच्छदार र भगवती चौधरीबीच प्रतिस्पर्धा भैरहेको छ । गच्छदार बहालवाला उपप्रधानमन्त्री पनि हुन् ।
एमाले नेतृ चौधरी र गच्छदारबीच कडा प्रतिस्पर्धा रहेको छ । चौधरी गच्छदार भन्दा केही मतले अगाडि रहेकी छन् । ताजा मतपरिणामका अनुसार चौधरीका पक्षमा २९ हजार ३२६ मत खसेको छ भने उनलाई पछ्याउँदै गच्छदारले २९ हजार १७१ कत प्राप्त गरेका छन् । २४ घण्टा भन्दा लामो विवादपछि अहिले मतगणना सुरु भएको छ ।
कैलाली–२ मा पनि अन्तिम मतपरिणाम सार्वजनिक हुन ढिलो भैरहेको छ । यो क्षेत्रमा एमालेबाट झपटबहादुर रावल र नेपाली कांग्रेसका उमेदवार मोहनसिंह राठौरबीच प्रतिस्पर्धा भैरहेको छ । रावलका पक्षमा १३ हजार २८२ मत खसेको छ भने राठौरका पक्षमा ११ हजार १८८ मत खसेको छ । यो क्षेत्रमा पनि अहिले मतगणना भैरहेको छ ।
स्याङ्जा क्षेत्र नम्बर–१, स्याङजा क्षेत्र नम्बर–२ मा मतगणा सुरु गर्न नै ढिलो भएपछि अहिलेसम्म अन्तिम मतपरिणाम आउन ढिलो भएको हो । स्याङ्जा–१ मा नेकपा एमालेका नारायणप्रसाद मरासिनी र नेपाली कांग्रेसका राजु थापाबीच प्रतिस्पर्धा भैरहेको छ । ताजा मतपरिणाम अनुसार मरासिनीको १२ हजार ४८६ मत रहेको छ भने कांग्रेसका थापाको पक्षमा ९ हजार २ मत प्राप्त भएको छ ।
स्याङ्जा क्षेत्र नम्बर–२ को पनि अन्तिम मतपरिणाम आइसकेको छैन । यो क्षेत्रमा नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ र एमालेकी पद्मा कुमारी अर्यालबीच मुख्य प्रतिस्पर्धा भैरहेको छ । अर्यालले श्रेष्ठलाई फराकिलो मतान्तरले पछि पारेकी छन् । ताजा मतपरिणाम अनुसार आर्यालले २२ हजार १४१ मत पाएकी छन् भने श्रेष्ठका पक्षमा १७ हजार ९६४ मत खसेको छ ।
सर्लाही क्षेत्र नम्बर–४ को पनि अन्तिम नतिजा आउन बाँकी छ । यो क्षेत्रमा राजपा र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा भैरहेको छ । कांग्रेका उमेदवार अकरेशकुमार सिंह १५ हजार ९३६ मत सहित दोस्रो स्थानमा रहँदा पहिलो स्थानमा राजपाका रोकशकुमार मिश्रले १६ हजार ३१८ मत प्राप्त गर्दै लिड गरिरहेका छन् । मतगणना जारी छ ।
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता दोब्बरले बढाएका छन् । पछिल्लो समय १ बजे सार्वजनिक भएको मतपरिणामअनुसार...
स्थानीय तह सदस्य निर्वाचन २०७९ को मैन अवधीमा मकवानपुरको बकैयामा मतदाता ‘फकाउन’ आचारसंहिता विपरित बाड्न लैजाँदै गरको खानेपानीको पाईप स्थानीयले...
प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले डडेलधुराको विकासका लागि आफ्नो दृढता पुनः दोहो¥याउनु भएको छ । उहाँले मतदातासँग विकासका...