सरकारले असार १ गतेदेखि मतदाता नामावलीमा नाम दर्ता गरिरहेको छ । यसअघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका तथा भर्खरै मात्र उमेर पुगेका नागरिकका लागि यही असार १ गतेदेखि जिल्ला निर्वाचन आयोगले नाम दर्ता गरिरहेको छ ।
१८ वर्ष पुगेका नेपाली नागरिकले आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भोट हाल्न पाउनेछन् ।
नागरिकता लिएका र मतदाता नामावली ऐन २०७३ बमोजिम योग्यता पुगेका नेपाली नागरिकहरूले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गई आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।
नाम दर्ता गर्न, विवरणमा रहेका गल्ती सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदानस्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन सम्बिन्धत निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ ।
साथै, आयोगबाट वितरण भएको मतदाता परिचयपत्र भएको तर कुनै कारणले मतदाता नामावलीमा नाम नरहेकाहरूले पनि मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने आयोगको भनाइ छ ।
मतदाता नामावलीमा नाम दर्ता गर्न के–के कागजात चाहिन्छ ?
– नेपाली नागरिकताको सक्कल प्रमाणपत्र ।
– नागरिकतामा उल्लेख भएको स्थायी ठेगानाभन्दा फरक ठेगानामा नाम समावेश गर्न चाहेमा विवाह भई आएकोमा विवाह दर्ता र नाम दर्ता गर्न चाहेको स्थानमा बसाइँ सरी आएकोमा बसाइसराइ प्रमाणपत्र ।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...
पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...