१७ जेष्ठ २०८०, बुधबार
May 31, 2023, Wednesday

उपभोग्य वस्तुकाे मूल्य आकाशिँदा उपभोक्ता मर्कामा

उपभोग्य वस्तुकाे मूल्य आकाशिँदा उपभोक्ता मर्कामा

सुदूरपश्चिम प्रदेशमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । दैनिक प्रयोगमा आउने चामल, खाने तेल, ग्यास, चामल, चिनी, तरकारी, फलफूल, दुग्धजन्य वस्तु लगायतको मूल्य एकाएक बढ्दा यपभोक्ता मारमा परेका छन् ।

कोरोनाको प्रभावले सर्वसाधारणको आम्दानी खुम्चिए पनि महंगी भने निरन्तर उकालो लाग्ने क्रम नरोकिँदा दैनिक गुजारा चलाउन मुस्किल हुन थालेको स्थानीय भनाई छ । दैनिक उपभोग्य वस्तुको मूल्य बढेर छोइ नसक्नु भएर गुजारा चलाउनै मुस्किल भएको धनगढी २ सन्तोषीटोलका नित्यानन्द जोशीले बताए । जोशीले भने–‘आम्दानी बढेको छैन, खर्च दिनकै बढेको छ ।’

जोशीले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिको कारण भान्साको खर्च धान्न मुस्किल हुन थालेको बताउँदै आम्दानीका अवसर बढ्न नसकेको तर ढाड भाच्ने महंगीले हातमुख जोर्न समस्या हुन थालेको गुनासो पोखे ।

एक वर्षदेखि दैनिक उपभोग्य वस्तुमा मूल्य निरन्तर बढ्दा घर खर्च चलाउन समस्या भएको धनगढीकी स्थानीय मुना जोशी भट्टराईले बताइन् । ‘आम्दानी बढ्नुको सट्टा बरू घटेको छ, उपभोग्य सामानको मूल्य हरेक दिन बढेको छ,’ उनले भनिन्, ‘सबैभन्दा बढी त खाने तेलको मूल्य बढेको छ । अरू सबै सामानको पनि मूल्य निकै बढेको छ ।’

उपभोग्य वस्तुमध्ये सबैभन्दा बढी मूल्य वृद्धि खाने तेलको भएको छ । दशैतिहारमा प्रति लिटर २ सय ६० पर्ने सूर्यमुखी तेलमा अहिले ९० रुपैयाँ बढेर ३ सय ५० पुगेको छ । तोरीको तेलमा प्रति लिटर ७० रुपैयाँ बढेर ३ सय १० पुगेको छ । यस्तै सोयाविन तेलमा ६० रुपैयाँ बढेर प्रति लिटर ३ सय २० पुगेको छ । यस्तै सबै किसिमको दाल तथा चामलमा प्रति किलो १० देखि २० रुपैयाँ बढेको छ ।

दैनिक उपभोग्य वस्तुको मूल्य बढेको भन्दै पसलमा आउने ग्राहकले गुनासो गर्ने गरेको व्यापारीहरु बताउँछन् । सबैभन्दा बढी खाने तेलको मूल्य बढेको छ । उपभोक्ताले हरेक दिन नयाँ मूल्य बढेको भन्दै गुनासो गर्नेगरेको धनगढीका ब्यापारी सुरेश रोकायाले बताए । उनले भने, ‘अन्य सामानको पनि केही रुपैयाँ मूल्य बढेको भए पनि खाने तेलको भने दोब्बर नै बढेको छ ।’

बजारमा फलफूल तथा तरकारीको मूल्य पनि बढेको उपभोक्ताले गुनासो गरेका छन् । यसैगरी मासु तथा दुग्धजन्य वस्तुमा पनि चार पाँच महिना अगाडिको मूल्यमा १० देखि एक सय रुपैयाँ बढेको छ । दुधको मूल्यमा १० रुपैयाँ बढेर प्रति लिटर ८० पुगेको छ भने दहीमा ३० रुपैयाँ बढेर १ सय २० पुगेको छ । ९ सय प्रति किलो पाइने घ्युको मूल्य १ हजार पुगेको छ भने ६ सय ५० बाट पनिरको मूल्य बढेर ७ सय भएको छ। यस्तै मासुको मूल्य पनि बढेको छ । कुखुराको मासु प्रति किलो ३२० बाट ४२० पुगेको छ भने खसीको मासुमा एक सय बढेर किलोको ९ सय पुगेको छ ।

धनियाँ जिरादेखि सलाईको समेत मूल्य बढेर भान्साको खर्च धान्न मुस्किल भएको छ । यसरी सबै वस्तुको भाउ बढेर भान्साको खर्च धान्नै धौंधौं हुन थालेको उपभोक्ताहरु दुखेसो रहेको छ । विगतका वर्षमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने र घट्ने क्रम भइरहने भए पनि गत वर्षदेखि भने उपभोग्य सामग्रीको मूल्य निरन्तर बढेको र एक रुपैयाँ पनि नघटेको गुनासो उपभोक्ताले गरेका छन् ।Source

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • ७ असार २०७९, मंगलवार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
  • ७ असार २०७९, मंगलवार

नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...

खडेरीले खेती सुकेपछि किसान चिन्तित
खडेरीले खेती सुकेपछि किसान चिन्तित
  • ७ असार २०७९, मंगलवार

पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...

TOP