ब्राजिलमा आएकाे भिषण बाढीका कारण २८ जनाको मृत्यु भएकाे छ । यहाँ अविरल वर्षासँगै आएको बाढीमा परी २८ जनाको ज्यान गइसकेको अधिकारीहरुले जनाएका छन् ।
उनीहरुका अनुसार ब्राजिलमा गएका केही दिनदेखि वर्षा कायमै छ । वर्षापछि आएको बाढीका कारण हराइरहेका तीन जना व्यक्तिको बुधबार शव भेटिएको थियो ।
यहाँका करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन् । उनीहरु बाढीका कारण विस्थापित भएकाे बताइएको छ । बाढीले केही सहरी र अधिकांश ग्रामीण क्षेत्रमा बिजुली छैन भने अविरल वर्षाका कारण छ दिन यतादेखि जनजीवन प्रभावित बन्दै गएको छ ।
अधिकारीहरुका अनुसार केही स्थानमा सैनिक हेलिकोप्टरहरुले उद्धार गरिरहेको बताएका छन् । केही सहायता समग्री पनि हेलिकोप्टरहरुले पुर्याइरहेका बताइएको छ । उद्धारमा खटिएका अधिकारीहरुले अरु सात जना व्यक्ति हराइरहेका बताएका छन् । ऐजेन्सी
काठमाडौं उपत्यकामा २ हजार रोपनीभन्दा बढी जग्गा गैरकानुनी रूपमा प्लटिङ गरेको पाइएको छ ।गैरकानुनी रूपमा धमाधम जग्गा प्लटिङ भइरहँदा पनि...
कर्णाली करिडोरको हुुम्ला खण्डको कडा चट्टानी भीरमा नेपाली सेनाका जवानहरुले ज्यानको बाजी राखेर काम गर्दै आएको छ । जुना शाहीले...
उत्तरी ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना भएको छ । सर्वियाबाट जोर्डनका लागि उडेको युक्रेनी कम्पनीको जहाज ग्रिसको काभाला नजिकै दुर्घटना...