चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुमा डाउन ज्याकेटको माग अत्यधिक बढेकोे छ । शरद क्रतुबाट नै चिसो सुरु हुने यहाँ अन्य कपडासँगै डाउन ज्याकेट अर्थात् प्वाँखबाट बनेका ज्याकेटको माग अत्यधिक रहेको व्यवसायीहरूले बताएका छन् । अन्य सामन्य ज्याकेट तथा कपडाको तुलनामा डाउन ज्याकेटले बढी नै न्यानो प्रदान गर्ने हुँदा यसको माग उच्च भएको सल्लेरीका व्यवसायी सागर हिङमाङले बताए ।
उनले भने, ‘डाउन ज्याकेटलाई त अन्य लुगा कपडासँग तुलना नै गर्न मिल्दैन नि, यसमा न्यानो प्रदान गर्न सक्ने त्यस्तो गुण हुन्छ कि जुन गुण अरु कपडामा हुँदैन । त्यसैले पनि यहाँ यसको माग थेगी नसक्नु छ, मागअनुसारको सामान नै उपलब्ध गराउन सकेको छैन् ।’ चिसो बढेसँगै सर्वसाधरण नागरिकहरू चिन्तित भए पनि टेलरिङ व्यवसाय गर्नेहरूका लागि भने सुनौलो अवसर बनेको छ । जसका कारण आफुहरू डाउन ज्याकेट उत्पादनमा भ्याईनभ्याई रहेको सल्लेरीका अर्का व्यवसायी लोक बहादुर दर्जी बताउँछन् । जिल्ला सदरमुकाम सल्लेरी क्षेत्रमा लभगभ ४० वटा टेलर नियमित रूपमा सञ्चालमा छन् । जाडो समयमा यहाँका टेलर मात्रै नभएर अन्य फेन्सी पसलहरू समेत व्यस्त बनेका छन् ।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...
पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...