माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धमा बाँदरमुढे घटना सबै भन्दा गम्भीर गल्ति भएको स्वीकार गर्नुभएको छ । चितवनको माडीमा आज आयोजित चुनावी सभामा अध्यक्ष दाहालले जनयुद्धका क्रममा बाँदरमुडे घटना सबै भन्दा ठूलो गल्ति भएको भन्दै पीडितलाई राहत र सहयोग गर्न आफु प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले राहत दिने विषयमा सहमति भइसकेकाले अब कार्यान्वन हुने दाबी गर्नुभयो । अध्यक्ष दाहालले पीडितलाई राहत र सहयोग गर्ने भन्दा पनि केहीले राजनीति गरेर खाने भाडो बनाएको आरोप लगाउनुयभो । सभामा अध्यक्ष दाहालले बाँदरमुडे पीडितलाई राहत उपलब्ध गराउनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले साथ दिने बताएकाले आफु सरकार बन्नेमा निश्चित समेत भएको जिकिर गर्नुभयो । उहाँले शान्तिसम्झौता पछि पीडितका माग सम्बोधन गर्न आफुले प्रयत्न गरेपनि पुरा हुन नसकेको बताउनुभयो ।
काठमाडौं उपत्यकामा २ हजार रोपनीभन्दा बढी जग्गा गैरकानुनी रूपमा प्लटिङ गरेको पाइएको छ ।गैरकानुनी रूपमा धमाधम जग्गा प्लटिङ भइरहँदा पनि...
कर्णाली करिडोरको हुुम्ला खण्डको कडा चट्टानी भीरमा नेपाली सेनाका जवानहरुले ज्यानको बाजी राखेर काम गर्दै आएको छ । जुना शाहीले...
सरकारले असार १ गतेदेखि मतदाता नामावलीमा नाम दर्ता गरिरहेको छ । यसअघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका तथा भर्खरै...