१६ मंसिर २०७८, बिहीबार
December 2, 2021, Thursday

कांग्रेस संसदीय दलको नेतामा देउवा

कांग्रेस संसदीय दलको नेतामा देउवा

नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । संसदीय दल निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले ४४ मत पाएर निर्वाचित भएको जानकारी दिए ।

सभापति देउवाले २५ मतको अन्तरले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई पराजित गरेका छन् । कुल ६३ मत मध्ये देउवाले ४४ मत ल्याएका छन् भने सिंहले १९ मत मात्र पाए । संसदीय दलको नेतामा सभापति देउवासँग पूर्वमहामन्त्री सिंहले प्रतिस्पर्धा गरेका थिए ।

पराजित हुने निश्चित भएपनि देउवालाई सर्वसम्मत हुन नदिन सिंहको उम्मेदवारी परेको थियो । नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधरले सिंहलाई उम्मेदवार बनाएका थिए । सभापति देउवाको कारण स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले लज्जास्पद पराजय भोग्नु परेकोले संसदीय दलको नेता अरुलाई नै बनाउनु पर्ने पौडेल र सिटौला पक्षधरले बताउँदै आएका थिए ।

देउवा निकट प्रवक्ता विश्वप्रकाश शर्मा, प्रदिप गिरी र डा। नारायण खड्का सहित पौडेल र सिटौल समुहले महामन्त्री डा। शशांक कोइरालालाई सर्वसम्मत संसदीय दलको नेता बनाउन लविङ गरेका थिए ।

Related News

राष्ट्रपतिबाट संसद् बैठक आह्वान
राष्ट्रपतिबाट संसद् बैठक आह्वान
  • २१ फाल्गुन २०७४, सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारीले यही मङ्सिर २८ गते मङ्गलबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको बैठक...

सर्वोच्च अदालतमा मुद्दाको पेसी गोला प्रथाद्वारा
सर्वोच्च अदालतमा मुद्दाको पेसी गोला प्रथाद्वारा
  • २१ फाल्गुन २०७४, सोमबार

नेपालको न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट आजदेखि मुद्दाको पेसी तोकी सुनवाइ प्रारम्भ भएको छ । सर्वोच्च अदालतमा...

नौ लाख ७२ हजार मात्रा कोरोना खोप आज आउँदै
नौ लाख ७२ हजार मात्रा कोरोना खोप आज आउँदै
  • २१ फाल्गुन २०७४, सोमबार

कोरोना भाइरसविरुद्धको नौ लाख ७२ हजार मात्रा खोप आज आउँदै छ । भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया कम्पनीबाट कोभिसिल्ड खोप...

TOP