नेपाल विद्यार्थी संघले काठमाण्डौ महानगरलाई हराभरा र स्वच्छ बनाउन माग गर्दै उपमेयरलाई धुलोको उपहार दिएको छ । नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमिति र जिल्ला समितिको संयुक्त आयोजनामा विद्यार्थीले शुक्रबार काठमाण्डौका विभिन्न चार स्थानबाट संकलित धुलोको पोको उपमेयर हरिप्रभा खड्गीलाई बुझाएका हुन् ।
प्रदुषण मुक्त राख्ने भन्दै केही समय सडक पखाल्ने काम पनि सुरु गरेको महानगरले पछिल्लो समय बढ्दो प्रदुषण र धुँवा धुलोप्रति बेवास्ता गरेको भन्दै विद्यार्थीले ध्यानाकर्षण गराएका हुन् । उनीहरुले महानगर फोहोरको डल्लो बनेको भन्दै प्रतिकात्मक रुपमा उपमेयरलाई धुलो उपहार दिएका हुन् ।
महानगरको सरसफाई, महानगरबासीको स्वास्थ्य लगायतमा महानगरपालिकाका पदाधिकारीले बेपर्वाह गरेको भन्दै आक्रोशित विद्यार्थीले माग सम्बोधन नभए कडा रुपमा प्रस्तुत हुने चेतावनी समेत दिए । नगरवासीलाई दोहोरो कर लगाएर विभिन्न सेवा सुविधा लिएका पदाधिकारीले तीनै नगरवासीलाई सामान्य सेवा पनि प्रदान नगरेको भन्दै विद्यार्थीले आक्रोश पोखे ।
उपमेयर खड्गीले नगर सफा राख्ने दायित्व महानगरको मात्रै नभएको भन्दै सडक विभागले पनि त्यसको जिम्मा लिनुपर्ने प्रतिक्रिया दिए । नेपाल विद्यार्थी संघले यसअघि महानगरले दोहोरो कर लगाएको भन्दै विरोध गर्दै आएको थियो ।
Source: Ratopti
काठमाडौं उपत्यकामा २ हजार रोपनीभन्दा बढी जग्गा गैरकानुनी रूपमा प्लटिङ गरेको पाइएको छ ।गैरकानुनी रूपमा धमाधम जग्गा प्लटिङ भइरहँदा पनि...
कर्णाली करिडोरको हुुम्ला खण्डको कडा चट्टानी भीरमा नेपाली सेनाका जवानहरुले ज्यानको बाजी राखेर काम गर्दै आएको छ । जुना शाहीले...
सरकारले असार १ गतेदेखि मतदाता नामावलीमा नाम दर्ता गरिरहेको छ । यसअघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका तथा भर्खरै...