मर्जरपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सले साउन १ गते बिहानबाट एकीकृत कारोबार सुरु गरेको छ।
नियामक बीमा समितिले चुक्ता पुँजी वृद्धि अनिवार्य गरेपछि हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स गाभिने निर्णयमा पुगेका थिए। बीमा क्षेत्रको यो पहिलो मर्जर हो।
होटल याक एण्ड यतिमा औपचारिक कार्यक्रम आयोजन गर्दै एकीकृत कारोबार सुरुवात गरिएको हो।
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले हिमालयन एभरेष्ट इन्स्योरेन्सको नयाँ लोगो सार्वजनिक गर्दै एकीकृत कारोबारको उद्घाटन गरेका हुन्।
मर्जरपछि कम्पनीको अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठ चयन भएका छन् भने प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह नियुक्त भएका छन्।
मर्ज भएपछि संयुक्त कम्पनीको चुक्ता पुँजी २ अर्ब ४३ करोड रुपैयाँनजिक पुगेको छ। मर्जरअघि एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी सवा एक अर्ब रुपैयाँ हाराहारी र हिमालयनको १ अर्ब १७ करोड हाराहारी थियो।
सेयरबजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन ५५ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोबार दिन...
नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको ४ लाख ८४ हजार ४१२ दशमलव ६० कित्ता...
कर्णाली करिडोरको हुुम्ला खण्डको कडा चट्टानी भीरमा नेपाली सेनाका जवानहरुले ज्यानको बाजी राखेर काम गर्दै आएको छ । जुना शाहीले...