तीन वटा गाई काटेको अभियोगमा दाङमा सात पक्राउ परेका छन्। दाङको राजपुर गाउँपालिका वडा नं. ७ मा तीन वटा गाई काट्दै गरेको अवस्थामा स्थानीय ३९ वर्षीय विरसिंह थापासहित सात जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङकी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन्।
पक्राउ पर्नेमा तीन महिला र चार पुरूष रहेको भए पनि अन्यको नाम भने सार्वजनिक गरिएको छैन।
घटनास्थलवाट एक थान भरूवा बन्दुकसमेत बरामद भएको एसपी सिंहले बताइन्। ‘छाडा गाई समातेर काट्ने र सुकुटी बनाएर बेच्ने गरेको रहस्य खुल्न आएको छ,’ एसपी सिंहले भनिन्, ‘गाई काटेर सुकटी बनाउने र त्यस्लाई जरायोको सुकुटी भनि विक्रि गर्दा रहेछन्।’
पक्राउ परेका व्यक्ति उपर थप अनुसन्धान जारी रहेको एसपी सिंहले जानकारी दिइन्। मंसिर २३ गते बेलुका सात बजेतिर अस्थायी प्रहरी पोष्ट डगरामबाट असई गोविन्दबहादुर थापाको कमाण्डमा गएको गस्ति टोलीले गाई काटिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको थियो।
source: Setopati
पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...
भगवान शिवको प्रिय महिना साउनको पहिलो सोमवार आराध्यदेव पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । विहानैदेखि भक्तजनहरुको उल्लेख्य...
काठमाडौं उपत्यकामा २ हजार रोपनीभन्दा बढी जग्गा गैरकानुनी रूपमा प्लटिङ गरेको पाइएको छ ।गैरकानुनी रूपमा धमाधम जग्गा प्लटिङ भइरहँदा पनि...