गोकर्णेश्वर नगरपालिकाले भारि संख्यामा कर्मचारी माग गरेको छ । नगरपालिकाले विहीबार विज्ञापन जारी गर्दै सुपरीवेक्षक र गणक पदका लागि कर्मचारी मागेको हो ।
नगरपालिकाले सुपरीवेक्षक पदका लागि ३ जना र गणक पदका लागि २३ जना कर्मचारी माग गरेको छ ।
प्रकाशित विज्ञापन अनुसार इच्छुक व्यक्तिले १५ दिन भित्र जोरपाटी स्थित गोकर्णेश्वर नगर कार्यपलिकको कार्यलयमा गएर दरखास्त दिनुपर्नेछ ।
कार्यालयले आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याकंशास्त्र, अर्थशास्त्र वा गणित विषय मध्ये कुनै एक विषयमा कम्तिमा स्नातक वा सोसरह उतीर्ण गरेको हुनुपर्नेछ ।
साथै कम्प्यूटर सम्बन्धी आधारभूत ज्ञान भएको तथा १८ वर्ष पूरा भई ४० ननाघेको हुनुपर्ने विज्ञापनमा उल्लेख छ ।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...
पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...