२२ मंसिर २०७८, बुधबार
December 8, 2021, Wednesday

रवि लामिछाने विरुद्ध बोले मुकुन्दे

रवि लामिछाने विरुद्ध बोले मुकुन्दे

केही वर्षअघि ( ०५८ देखि ०७० ) सम्म सालसम्म रत्नपार्कका रुखमाथि चढेर भाषण गर्दै हिँड्ने मुकुन्दे त्यसयता भने सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा जोडिएका छन् । सामाजिक सञ्जालमा उनले अाफूलार्इ भविष्यको कार्यकारी राष्ट्रपति दाबी गर्छन् । र, मुकुन्दल्याण्डका जनतालार्इ सुख र शान्तिले बस्न पाउने व्यवस्था अाफूले मिलाउने बताउँछन् ।

०३५ सालमा भोजपुरमा जन्मिएका मुकु्न्दे ‘भोजपुरमा मोइ खाएर काठमाडौंमा पिसाब फेर्न आउने’ नेपाल देख्न चाहन्छन् । बुढेसकालसम्ममा कार्यकारी राष्ट्रपति बनेर मुलुकको अनुहार फेर्ने महत्वकांक्षा सुनाउने मुकुन्देलाई धेरैले पागल ठान्छन् । तर, उनी भने आाफूलाई राजनीतिक विश्लेषक भएको दाबी गर्छन् ।

‘उत्कृष्ट श्रेणीका विद्यार्थी प्राविधिक डक्टर इन्जिनियर जाने । बल्लतल्ल पास हुनेहरु कर्मचारीतन्त्रमा हालिमुहाली गर्ने । र, फेल हुनेहरु राजनीतिमा लागेकाले देश बिग्रिएको हो । देश बनाउन मास्टर माइन्डहरु राजनीतिमा लाग्नुपर्छ भनेर नै म राजनीतिमा लागेको हुँ ।’ ०५५ सालमा ६९ प्रतिशत ल्याएर पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानबाट ओभरसियर पास गरेका मुकुन्दे भन्छन् ।

०५८/०५९ सालतिर रत्नपार्कस्थित शान्ति बाटिकामा पोते लगाएर बस्थे उनी । ‘नेताहरु सबै नपुंसकजस्तै भएकाले देशमा १५ हजार मान्छे मरेकाले १५ हजार दाना भएको पोते लगाएको हुँ ।’ भन्छन्- ‘म शान्तिबादी हुँ । हिंसा केही मथ्थर भएदेखि पोते फुकालेर राखेको छु ।’आफूलाई वौद्धिक मगन्ते ठान्ने उनी भन्छन् ।

भोजपुर षडानन्द नगरपालिका ९ खार्तम्छामा उनका नाममा १५ रोपनी जग्गा छ । पृथ्वीनारायण शाहको अस्तित्वमाथि प्रश्न गरी इतिहासको पुनर्लेखन गर्नुपर्छ भन्दै हिँडेपछि केही वर्षअघि मुकुन्देलाई प्रहरीले पक्राउ गर्‍यो । पागल हो कि भनेर पाटन अस्पतालसम्म पनि पुर्‍यायो । ‘तर डाक्टरलाई चै बुद्धिचाल अर्थात चेस खेलेर जित्न चुनौति दिएँ ।

त्यसपछि त डाक्टरले परिवारसँग नबुझि केही भन्न नसकिने रिपोर्ट दिए । प्रहरीले पनि छाड्यो ।’ मुकुन्दे भन्छन् ।यसै बीच अहिले सामाजिक संजालमा चर्चाको शिखरमा रहेको ” युएईमा कार्यरत अष्टमी गुरुङ आत्महत्या प्रकरण ” मा यिनै मुकुन्द घिमिरेले एउटा युटुब च्यानल लाई दिएको अन्तवार्तामा उनले ” सिधा कुरा जनता संग ” कार्यक्रमका कार्यक्रम संचालक , पत्रकार रवि लामिछाने विरुद्द दिएको अभिव्यतिले सामाजिक संजाल फेरी तातिएको छ ! त्यो अन्तर्वातामा मुकुन्दले रविलाई के भनेका छन् त्यस्तो जसले उनलाई हजारौ गालीका वर्षा गराईरहेका छन् .

Related News

भारतमा दैनिक संक्रमितको संंख्या डेढ वर्षपछिकै कम
भारतमा दैनिक संक्रमितको संंख्या डेढ वर्षपछिकै कम
  • १७ मंसिर २०७४, आईतवार

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या निकै कम भएको छ । अधिकारीहरुले पछिल्लो एक दिनमा डेढ वर्षपछिकै सवैभन्दा कम संक्रमित...

प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ
प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ
  • १७ मंसिर २०७४, आईतवार

नेपाली काँग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौं आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा...

यसवर्ष ढोरपाटनमा चुके सिकारी
यसवर्ष ढोरपाटनमा चुके सिकारी
  • १७ मंसिर २०७४, आईतवार

ढोरपाटन सिकार आरक्षमा यस बर्षको पहिलो सिकारयाममा तीन नाउर र एक झारलको सिकार हुन सकेन । दुई नाउरको सिकारमा सिकार...

TOP