१८ माघ २०७९, बुधबार
February 1, 2023, Wednesday

कर्णाली प्रदेशका ९ ओटा जिल्लामा आजदेखि मोर्डना खोप लगाइँदै

कर्णाली प्रदेशका ९ ओटा जिल्लामा आजदेखि मोर्डना खोप लगाइँदै

 सुर्खेतबाहेक कर्णाली प्रदेशका नौ जिल्लाका बालबालिकालाई आज (आइतवार) देखि कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै केन्द्र स्थापना गरी खोप लगाउने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।

कर्णाली प्रदेशका दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान, कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा आइतवारदेखि मोर्डना खोपको पहिलो मात्रा दिन थालिएको हो ।

निर्देशनालयका सूचना अधिकारी पदम केसीले मोर्डना खोपको पहिलो मात्रा आजदेखि यही पुस १४ गते र दोस्रो मात्रा आगामी माघ २ देखि १० गतेसम्म लगाइने जानकारी दिए ।

‘साविकका गाविसमा नौ ओटा केन्द्र र हालका स्थानीय तहका प्रति वडाका दुई स्थानमा खोप केन्द्र सञ्चालनमा ल्याइएको छ’, उनले भने, ‘स्वास्थ्य कर्मचारी, शिक्षक÷शिक्षिका र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप केन्द्रमा परिचालन गरिएको छ, विद्यालय नजाने बालबालिकालाई पनि नजिकको केन्द्रमा खोप लगाउने व्यवस्था मिलाइएको छ ।’

खोप लगाउन पाँचभन्दा बढी बालबालिका उपस्थित हुनुपर्ने र ६ घण्टाभित्र लगाइसक्नु पर्नेछ । कोरोनाविरुद्धको यो खोप ९४ प्रतिशत प्रभावकारी देखिएको बताइएको छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले कर्णालीका नौ जिल्लाका एक लाख ५४ हजार ८७२ बालबालिकालाई खोप दिने लक्ष्य लिएको छ । सुर्खेतमा यही उमेर समूहका दुई हजार ९८ बालबालिकालाई कोरोना भाइरसविरुद्धकै ‘फाइजर’ नामक खोपको पहिलो मात्रा दिइएको छ । रासस

Related News

खडेरीले खेती सुकेपछि किसान चिन्तित
खडेरीले खेती सुकेपछि किसान चिन्तित
  • ४ पुष २०७८, आईतवार

पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...

शिवजीको प्रिय महिना साउन , के के गर्न सकिन्छ ब्रतमा
शिवजीको प्रिय महिना साउन , के के गर्न सकिन्छ ब्रतमा
  • ४ पुष २०७८, आईतवार

भगवान शिवको प्रिय महिना साउनको पहिलो सोमवार आराध्यदेव पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । विहानैदेखि भक्तजनहरुको उल्लेख्य...

उपत्यकामा २ हजार रोपनी जग्गा गैर कानुनी प्लटिङ
उपत्यकामा २ हजार रोपनी जग्गा गैर कानुनी प्लटिङ
  • ४ पुष २०७८, आईतवार

 काठमाडौं उपत्यकामा २ हजार रोपनीभन्दा बढी जग्गा गैरकानुनी रूपमा प्लटिङ गरेको पाइएको छ ।गैरकानुनी रूपमा धमाधम जग्गा प्लटिङ भइरहँदा पनि...

TOP