भारतमा गत २४ घण्टामा करीब सात हजार जनामा कोरोना संक्रमण देखापरेको छ ।
सरकारी अधिकारीहरुले सोही अवधिमा थप २४७ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ संक्रमित मध्ये तीन हजार ३७७ जना केरला राज्यका मात्रै रहेका छन् । सो राज्यमा पछिल्लो २४ घण्टामा २८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
भारतमा अहिले संक्रमित अवस्थामै रहेका संक्रमितहरुको संख्या ८७ हजार ५६२ रहेको छ । ‘अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या कुल संक्रमितहरुको संख्याको शून्य दशमलव २५ प्रतिशत मात्रै रहेको छ,’ मन्त्रालयले भनेको छ । यो संख्या सन् २०२० को मार्च पछिकै सबैभन्दा कम रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
त्यसैगरी संक्रमणमुक्त भएकाहरुको संख्या भने ९८ दशमलव ३८ प्रतिशत पुगेको पनि मन्त्रालयले जानकारी दिएको छ । यो संख्या पनि सन् २०२० को मार्च पछिकै सबैभन्दा धेरै भएको अधिकारीहरुको भनाइ छ । पछिल्लो २४ घण्टामा आठ हजार १६८ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कुल संक्रमणमुक्त भएकाहरुको संख्या तीन करोड ४१ लाख ४६ हजार ९३१ रहेको छ ।
नयाँ संक्रमितको संख्या भन्दा संक्रमणमुक्त भएकाहरुको संख्या धेरै भएकाले सक्रिय संक्रमितहरुको संख्या कम हुँदै गएको छ । रासस/एएनआई
सरकारले असार १ गतेदेखि मतदाता नामावलीमा नाम दर्ता गरिरहेको छ । यसअघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका तथा भर्खरै...
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण सक्न अझै तीन वर्ष लाग्ने देखिएको छ । याे आयोजनाको हालसम्म...
सुदूरपश्चिम प्रदेशमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । दैनिक प्रयोगमा आउने चामल, खाने तेल, ग्यास, चामल, चिनी, तरकारी, फलफूल,...