१७ जेष्ठ २०८०, बुधबार
May 31, 2023, Wednesday

कञ्चनपुरमा पनि सुरु भयो बारको आन्दोलन

कञ्चनपुरमा पनि सुरु भयो बारको आन्दोलन

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विरुद्धमा गरेको आन्दोलन कञ्चनपुरमा पनि सुरु भएको छ। आइतबारदेखि कञ्चनपुरमा पनि बारले प्रधानन्यायाधीश जबराको विरुद्धमा आन्दोलन गरेको हो। कञ्चनपुरमा उच्च बार एसोसिएसनको आयोजनामा जिल्लामा कार्यरत कानुन व्यवसायीले उच्च अदालत दिपायल, महेन्द्रनगर इजलास र जिल्ला अदालतको मूलगेटमा एक घन्टा धर्ना दिएका छन्। उच्च बार एसोसिएसनका अध्यक्ष उद्धव भट्टले न्यायालयभित्रका बेथितिविरुद्धमा आन्दोलन गरिएको बताए।

उनका अनुसार बिहान १० बजेदेखि ११ बजेसम्म एक घन्टा दुवै अदालतको मूलगेटमा धर्ना दिइएको छ। न्यायालयको आस्था र गरिमा बचाउनका लागि प्रधानन्यायाधीशको राजीनामाको विकल्प नभएको बताउँदै उनले राजीनामा नहुँदासम्म आन्दोलन जारी राख्ने बताए। ‘सर्वोच्चमा माननीय न्यायाधीश हरिकृष्ण कार्कीज्यूले पेस गरेको प्रतिवेदन कार्यान्वयन गर्न स्वयं प्रधानन्यायाधीश जबराज्यू तयार छैनन्,’ उनले भने, ‘न्यायालयको प्रमुख मान्छे नै भ्रष्टाचारमा आफैँ लिप्त छन्।’

उनले मुद्दा फैसला, पेसी तोक्ने विषयमा न्यायालयको सिद्धान्तविपरीत न्यायाधीशबाट भइसकेको कामकाजको विरुद्धमा आन्दोलन थालिएको बताए। न्यायालयभित्र रहेको विकृति–विसंगति हटाउँदै चुस्तदुरुस्त बनाउनका लागि आफूहरूले आन्दोलन गरेको उनको भनाइ छ। आन्दोलनका कारण कञ्चनपुरमासमेत अदालतको कामकाज प्रभावित बनेको छ। Source

Related News

खडेरीले खेती सुकेपछि किसान चिन्तित
खडेरीले खेती सुकेपछि किसान चिन्तित
  • २९ कार्तिक २०७८, सोमबार

पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...

शिवजीको प्रिय महिना साउन , के के गर्न सकिन्छ ब्रतमा
शिवजीको प्रिय महिना साउन , के के गर्न सकिन्छ ब्रतमा
  • २९ कार्तिक २०७८, सोमबार

भगवान शिवको प्रिय महिना साउनको पहिलो सोमवार आराध्यदेव पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । विहानैदेखि भक्तजनहरुको उल्लेख्य...

उपत्यकामा २ हजार रोपनी जग्गा गैर कानुनी प्लटिङ
उपत्यकामा २ हजार रोपनी जग्गा गैर कानुनी प्लटिङ
  • २९ कार्तिक २०७८, सोमबार

 काठमाडौं उपत्यकामा २ हजार रोपनीभन्दा बढी जग्गा गैरकानुनी रूपमा प्लटिङ गरेको पाइएको छ ।गैरकानुनी रूपमा धमाधम जग्गा प्लटिङ भइरहँदा पनि...

TOP