काठमाडौं (कास)- द नेपाल डिस्टिलरिजले आफ्नो उत्पादन खुकुरी रमको नयाँ प्याक (प्याकेजिङ) सार्वजनिक गरेको छ । राजधानीमा शुक्रबार आयोजित एक समारोहबीच कम्पनीले उक्त प्याक सार्वजनिक गरेको हो । खुकुरी रमको पछिल्लो प्याकेजिङ परिवर्तन गरी लन्डनको एक कम्पनीबाट गरिएको नयाँ डिजाइनसहितको प्याक सार्वजनिक गरिएको डिस्टिलरिजले जानकारी दिएको छ । कम्पनीले स्थापनाको ६२ औं वर्षका अवसरमा आफ्नो प्याकेजिङ परिवर्तन गरी आकर्षक तथा वातावरणमैत्री प्याक बजारमा ल्याइएको बताएको छ । आफ्नो प्याक परिवर्तन गर्नुअघि र पछि ग्राहकमाझ अनुसन्धानसमेत गरिइएको कम्पनीको दाबी छ । अनुसन्धानपछि आएका प्रतिक्रियालाई ध्यानमा
राखेर नयाँ प्याकेजिङमा नेपाली सम्पदा,
. मौलिकपन र परम्परा झल्किने गरी विशेषता समावेश गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्याकेजिङ परिवर्तन भए पनि ब्लेन्ड र स्वादमा भने कुनै परिवर्तन नगरिएकोप्रति ग्राहकहरूको राम्रो प्रतिक्रिया आएको डिस्टिलरिजका महाप्रबन्धक सुभाष लामिछानेको भनाइ छ ।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...
पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...