लोकप्रिय डिजिटल प्लेटफर्म टिकटकमा केन्द्रित रहेर टेलिजिन रियालिटी शोको घोषणा भएको छ । शिखर नेपाल प्रा.लि.ले आयोजना गर्ने शोको नाम “शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८” राखिएको छ । अभिनय, गायन, नृत्य तथा क्रियटिभ प्रस्तुतिको माध्यमबाट सहभागी हुन सकिने शो को बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिईएको छ ।
नेपाली फिल्म क्षेत्रकी चर्चित कलाकारहरु गौरी मल्ल, रमेश उप्रेती तथा बर्षा सिवाकोटी शोको निर्णायकका रुपमा रहेका छन् । टिकटकको प्रयोग पनि सही र राम्रा कामका लागि हुन सक्छ भन्ने मान्यता राखेरै शोको निर्णयक हुन आफुहरु तयार भएको छ । प्रथम हुनेलाई कार, दोस्रो हुनेलाई मोटरसाईकल र तेस्रोलाई स्कुटर उपहारसंगै टप १० भित्र पर्ने प्रतिस्पर्धीहरुलाई समेत कम्प्युटर, क्यामेरा, टि.भि., फ्रिज, मोवाईल, घडी लगायतका उपहार दिने शोका निर्देशक हरी शर्माले पत्रकार सम्मेलनका माझ बताएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कलाकारहरुलाई समेत शिखर सम्मान प्रदान गरिएको छ । अभिनेता भुवन केसी, सरोज खनाल, वरिष्ठ चलचित्रकर्मी उद्धव पौड्याल, कलाकार पुकार भट्टराई, सन्दिप अर्याल, साहित्यकार भिष्मराज फुलारा तथा संचारकर्मी सुदर्शन प्रसाद आचार्य “शिखर सम्मान २०७८” द्धारा सम्मानित भएका छन् ।
पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...
भगवान शिवको प्रिय महिना साउनको पहिलो सोमवार आराध्यदेव पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । विहानैदेखि भक्तजनहरुको उल्लेख्य...
काठमाडौं उपत्यकामा २ हजार रोपनीभन्दा बढी जग्गा गैरकानुनी रूपमा प्लटिङ गरेको पाइएको छ ।गैरकानुनी रूपमा धमाधम जग्गा प्लटिङ भइरहँदा पनि...