सामसुङ मोबाइलको विन्टर स्किम योजनामा १५ भाग्यशाली ग्राहकहरुले जनही ५ तोला सुनको सिक्का प्राप्त गरेका छन् । कम्पनीले बुधबार गरेको प्रथम लक्की ड्र मार्फत १५ ग्राहको सिरियल नम्बर छनोट भएको हो ।
योसँगै लक्की ड्रमा समेटिने १५ ग्राहकले जनही ५ तोलाको सुन प्राप्त गरेका छन् ।
सामसुङ मोबाइलले ग्राहकहरुलाई लक्षित गर्दै नोभेम्बर १ तारिखदेखि ३० तारिखसम्म एक उपहार योजना संचालन गरिरहेको छ । जुन उपहार योजना अन्तर्गत प्रत्येक दिन ३ जना ग्राहकले ५ ग्राम सुनको सिक्का उपहार प्राप्त गर्नेछन् । उपहार विजेताको घोषणा लक्की ड्रद्वारा गरिने यस योजनाको पहिलो लक्की ड्र आज बुधबार भएको हो । जुन लक्की ड्रमा यही नोभेम्बर १ तारिखदेखि ५ तारिखसम्मको अवधिलाई समेटिएको छ ।
उपहार योजनामा सहभागी हुनका लागि उक्त अवधिमा सामसुङ मोबाइल वा ट्याब खरिद गर्नु हुने ग्राहकहरुले एसएमएस नम्बर ३१००३ मा आफ्नो मोबाइल वा ट्याबको सिरियल नम्बर पठाउनु पर्ने व्यवस्था गरिएको छ ।
विजेताहरूको सिरियल नम्बर आजै सामसुङ्गको फेसबुक पेजमा प्रकाशित गरिएको र उक्त नम्बरहरूलाई ७ दिनभित्रमा आवश्यक कागजात सहित आफ्नो उपहार दावी गर्न कम्पनीले अनुरोध गरेको छ ।
दार्चुलामा हाइस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका —९ गोकुलेश्वरबाट पनेबाँजतर्फ जाँदै गरेको म १...
पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानहरुमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो ? यस पटक त्यस्तो टोली आउँदैन ?”...
रसुवाका सबै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको छ। निर्वाचन आयोगले मतगणनास्थलमा सिसिटिभी अनिवार्य गरेकाले जिल्लाको पाँचवटै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको हो। ...