पोहोरको तुलनामा यसपाली जाडोको ज्याकेट महँगो भएको छ रन्जना ट्रेड्समा जाडो लागे संगै पसलेहरु को भिड हुन थालेको छ। केही दिनयता जाडो ह्वात्तै बढेको छ ।बजारमा हाल सबैखाले जाडोका कपडाको मूल्य छोइ नसक्नु छ। गत वर्ष ३ सयमा पाइने सामान्य टोपीलाई ५ सयमा पनि पाइँदैन भने स्वेटरको दाम एक हजारबाट बढेर २ हजार ५ सयसम्म पुगेको छ। पर्याप्त आयात हुन नपाएकाले केही महँगो भएको व्यवसायीहरु स्वीकार्छन्।
केही समययता मौसमअनुसार नयाँ डिजाइनका पहिरनको माग बढ्दो छ । जाडो मौसममा विभिन्न किसिमका न्याना ज्याकेट, पाइन्ट, थर्मकोटलगायत भुवादार कपडाको माग बढी हुने गरेको छ । जाडो मौसममा प्रयोगमा आउने विभिन्न किसिमका न्याना पहिरन बिक्री बढिरहेको व्यवसायीहरू बताउँछन् । जाडो याममा युवा, महिला, पुरुष तथा बच्चाबच्चीले गर्ने ड्रेसपको चाहनालाई मध्यनजर राख्दै चीन, भारत, थाइल्याण्ड, मलेसिया तथा कोरियाबाट पनि नेपालमा रेडिमेड कपडाहरू ल्याउने गरेको व्यवसायीको भनाइ छ ।
बजारमा पाईने ज्याकेटहरुको मूल्य क्वालिटी अनुसार निर्धारण हुन्छ । सामान्यतया २ हजार देखी ७०/८० हजार रुपैयाँ पर्ने ज्याकेटहरु नेपाली बजारमा पाइन्छन । तर, आफुले खरिद गर्दा कुन ज्याकेट कस्तो हो भनेर चिन्नु पर्ने विक्रेताहरु बताउँछन् |
नेपाली बजारमा कति मूल्यको ज्याकेट विक्री हुन्छ भन्ने आधिकारिक र निशिच तथ्यांक छैन । नेपालमा धेरैजासे ज्याकेट बिदेशबाट आयात हुने गर्छ भने पछिल्लो समय नेपालमै पनि उल्लेख्य रुपमा गार्मेन्टहरुले ज्याकेट उत्पादन गरिरहेका छन।
बजारमा विभिन्न मूल्य गुणस्तरका ज्याकेट भएकाले ग्राहकहरुले ज्याकेट किन्दा कपडाको गुणस्तर बुझेर र राम्ररी छानेर किन्न सके न्यानो र टिकाउ हुने व्यवसायीहरुको सुझाव छ । सस्तो भनेर जस्तो पाए तेस्तो किन्दा ज्याकेट नटिक्ने र न्यानो पनि नहुने भएकाले ज्याकेट किन्दा विशेष ध्यान पुर्याउन जरुरी हुने ज्याकेट व्यवसायी बताउँछन् ।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...
पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...