ऋण लगानी गरेर लगाइएको गोलभेँडाले बजार नपाएपछि शुक्लाफाँटा नगरपालिका–३ का किसानले घाटा व्यहोरेका छन् ।
ऋण लगानी गरेर लगाइएको गोलभेँडा बजारमा रु एक प्रतिकिलोका दरले बिक्री हुन नसक्दा किसानले घाटा व्यहोरेका हुन् । रु ५० हजार ऋण गरेर गोलभेँडा रोपेका भरतबहादुर चौधरी रु १० हजारको मात्रै गोलभेँडा बिक्री भएको बताउनुहुन्छ ।
“एक रुपैयाँमा बिक्री गर्न खोज्दासमेत बिक्री भएन,” उहाँले भन्नुभयो । गोलभेँडा खेतमा लटरम्म फलेको छ । खेतमै कुहिने अवस्था छ । आफ्नो खेतमा रु एक लाखभन्दा बढीको गोलभेँडा कुहिएको चौधरीले बताउनुभयो ।
गोलभेँडा खेतीका लागि सहकारीबाट लिएको ऋण तिर्न अन्यत्रबाट व्यवस्था गर्नु परेको उहाँको भनाइ छ ।
गोलभेँडाले बजार नपाएपछि वसन्ती चौधरी मारमा पर्नुभएको छ । गतवर्ष गोलभेँडा खेतीबाट रु तीन लाखभन्दा बढी आम्दानी गर्नुभएका चौधरी यसवर्ष मुश्किलले रु ३० हजार मात्रै कमाई भएको बताउनुहुन्छ । उहाँको रु दुई लाखभन्दा बढीको गोलभेँडा खेतमै कुहिएको छ ।
यहाँका किसानले लगाएको गोलभेँडा बिक्री नहँुदा रु पाँच लाखभन्दा बढीको घाटा भएको छ । शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी किसानलाई बजारको समस्या भएको बताउनुहुन्छ ।
“तरकारी पर्याप्त मात्रामा उत्पादन भएको छ, बजार पाउन सकेको छैन,” उहाँले भन्नुभयो । भारतबाट आयात गरिने गोलभेँडाका कारण यहाँका किसानले वर्षेनी घाटा व्यहोर्नु परको छ ।
हावाहुरीबाट साठी लाखको क्षति
कञ्चनपुरमा चार दिनअघि आएको हावाहुरीबाट रु ६० लाख ४७ हजार बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पुनर्वास नगरपालिका, लालझाडी गाउँपालिका र कृष्णपुर नगरपालिका क्षेत्रमा बढी मात्रामा क्षति भएको छ ।
हावाहुरीका कारण घरमा आगलागी, छाना उडाउँदा र घर भत्किँदा बढी क्षति भएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभयो । पुनर्वास नगरपालिका र लालझाँडी गाउँपालिकाको १६८ घरमा रु ३३ लाख ४६ हजार बराबरको क्षति भएको छ । कृष्णपुर नगरपालिकामा ३७ वटा घर, एक विद्यालय र एक चर्चमा गरी रु २१ लाख २५ हजारको क्षति भएको छ ।
रसुवाका सबै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको छ। निर्वाचन आयोगले मतगणनास्थलमा सिसिटिभी अनिवार्य गरेकाले जिल्लाको पाँचवटै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको हो। ...
गायिका मिलन नेवारको स्वर रहेको ‘हास तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार गीता गिरीको शब्द सृजना रहेको...
इलाम नगरपालिका ८ सिङफ्रिङकी बिनिता काफ्लेको हत्यामा संलग्न रहेको भन्दै सोही ठाउँका देवेन्द्र रिमाललाई प्रहरीले पक्राउ गरेको छ । काफ्लेका...