३ जेष्ठ २०७९, मंगलवार
May 17, 2022, Tuesday

रसुवाका भूकम्प प्रभावितले घरमै बसेर किस्ता वितरणबारे जानकारी लिन सक्ने

रसुवाका भूकम्प प्रभावितले घरमै बसेर किस्ता वितरणबारे जानकारी लिन सक्ने

रसुवा, मंसिर १४ –रसुवाका भूकम्प प्रभावितले घरमा नै बसेर किस्ता वितरणबारे जानकारी लिन सक्ने भएका छन । किस्ताको बारेमा अन्योलमा रहेका प्रभावितका लागि मोबाइल एप्स निर्माण भएसँगै अनुदान घरमा नै बसेर जानकारी लिनसक्ने भएका हुन् ।

जिल्लाका भूकम्प प्रभावितका लागि लक्षित गरेर बनाइएको ‘इएचआरपी रसुवा’ नामक एप्समा किस्ताको बारेमा सम्पूर्ण जानकारी समेटिएको छ । जिल्लाका ११ हजार ६ सय २९ लाभग्राहीको विवरण समेटेर भूकम्पीय आवास पुनर्निर्माण आयोजना, जिल्ला आयोजना कार्यान्वयन इकाईले मोबाइल एप्स सञ्चालनमा ल्याएको हो ।

अनुदान वितरणको बारेमा जानकारी दिनका लागि मोबाइल एप्स सञ्चालनमा ल्याइएको इकाइका सामाजिक विकास विशेषज्ञ मौलीधन राईले बताउनुभयो ।उहाँले भन्नुभयो, ‘जिल्लाका भूकम्प पीडितलाई लक्षित गरि सञ्चालन गरिएको ‘इएचआरपी रसुवा’ मा सम्झौता नम्बर भरेर पठाउने बितिक्कै आफूले पाएको किस्ता र पाउने किस्ताको बारेमा जानकारी पाउन सकिन्छ ।’

सामान्य गतिको इन्टरनेटमा पनि यो एप्स प्रयोग गर्न सक्ने बताइएको छ । कुन लाभग्राहीले कुन कुन किस्ता पाए, किस्ता कहाँ रोकिएको छ भन्ने लगायतको जानकारी यो एप्समा समेटिएको छ ।

यो एप्स एन्ड्रोइड प्रयोगकर्ता र आइओएस प्रयोगकर्ता दुबैले प्रयोग गर्न सक्ने इकाले जनाएको छ । त्यसैगरी इकाइले भूकम्प प्रभावितको अवस्था, निजी आवास निर्माण, गुनासो, किस्ता सिफारिस लगायतको बारेमा जानकारी दिने उद्देश्यले अनलाइन पोर्टल समेत सञ्चालनमा ल्याएको छ ।

‘इएचआरपी डट डिडिएनएस डट नेट’ मार्फत भूकम्प पीडितले तथा सरोकारवालाले जानकारी लिनसक्ने छन् । उक्त अनलाइन हेर्नका लागि युजर नेम र पासवर्ड राखेपछि मात्र खुल्ने भएकाले अहिले सबै भूकम्प पीडितले हेर्न नसक्ने सामाजिक विकास विशेषज्ञ राईले बताउनुभयो ।  पहिलो चरणमा भूकम्प पीडितको क्षेत्रमा काम गर्ने संघसस्था र पत्रकारलाई  युजर नेम र पासवर्ड उपलब्ध गराइएको छ ।

Related News

दार्चुलाको शैल्यशिखरमा माइक्राे बस दुर्घटना, ३ जनाको मृत्यु
दार्चुलाको शैल्यशिखरमा माइक्राे बस दुर्घटना, ३ जनाको मृत्यु
  • १४ मंसिर २०७४, बिहीबार

दार्चुलामा हाइस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका —९ गोकुलेश्वरबाट पनेबाँजतर्फ जाँदै गरेको म १...

रसुवाका सबै मतगणनास्थलमा सिसिटिभी जडान
रसुवाका सबै मतगणनास्थलमा सिसिटिभी जडान
  • १४ मंसिर २०७४, बिहीबार

रसुवाका सबै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको छ। निर्वाचन आयोगले मतगणनास्थलमा सिसिटिभी अनिवार्य गरेकाले जिल्लाको पाँचवटै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको हो। ...

‘हास तिमी’मा सृजना र सन्तोषको अभिनय
‘हास तिमी’मा सृजना र सन्तोषको अभिनय
  • १४ मंसिर २०७४, बिहीबार

गायिका मिलन नेवारको स्वर रहेको ‘हास तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार गीता गिरीको शब्द सृजना रहेको...

TOP