२० मंसिर २०७८, सोमबार
December 6, 2021, Monday

अमेरिकी राष्ट्रपतिले दिए विभिन्न मिडीयाहरुलाई ‘फेक न्युज अवार्ड’

अमेरिकी राष्ट्रपतिले दिए विभिन्न मिडीयाहरुलाई ‘फेक न्युज अवार्ड’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एक पटक चर्चा र विवादमा आउनुभएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले ‘द न्यूयोर्क टाइम्स’ लाई ‘फेक न्यूज अवार्ड’ को विजेता घोषणा गर्नुभएको छ । यसको अलावा ट्रम्पले अचम्मको यो अवार्ड ‘एबीसी न्यूज’, ‘सीएनएन’ र ‘द वाशिंगटन पोस्ट’ लाई प्रदान गर्नुभएको छ । उहाँले बुधबार ट्वीटरमार्फत अवार्ड सार्वजनिक गर्नुभएको हो ।

उहाँले आफूप्रति पूर्वाग्रही भएर समाचार प्रकाशन र प्रसारण गरेको भन्दै नक्कली सञ्चार माध्यम भन्दै यो अवार्ड घोषणा गर्नुभएको बताइएको छ । ट्रम्पको यो अवार्ड जीओपी डट कम वेबसाइटमार्फत सार्वजनिक गर्नुभएको थियो । सूची जारी गर्नेवित्तिकै वेबसाइट डाउन भएको थियो ।

यो वेबसाइटमा भनिएको छ, ‘सन् २०१७ पूर्वाग्रहबाट प्रभावित, अनुचित समाचार कभरेज र नक्कली समाचारले भरिपूर्ण भयो । अध्ययनले राष्ट्रपति ट्रम्पको बारेमा देखाइएका र लेखिइएका ९० प्रतिशत समाचार नकारात्मक छन् ।’ ट्रम्पले ट्वीटमार्फत भ्रष्ट र झुटो समाचारका बाबजूद आफूले धेरै पत्रकारको सम्मान गर्ने बताउनुभयो । उहाँले जनवरी २ मा ‘झुटा तथा खराब पत्रकारिता’ गर्ने सञ्चार माध्यमलाई सम्मानित गर्ने बताउनुभएको थियो ।

जीओपी डट कमले जनाए अनुसार यस्तो छ ट्रम्पको फेक न्यूज अवार्ड
१. द न्यूयोर्क टाइम्समा अर्थशास्त्रमा नोबेल पुरस्कार पाएका पाउल क्रुगम्यानले ट्रम्पको जितले अमेरिकी अर्थतन्त्र कहिले नउठ्ने दावी गरेका थिए ।
२. एबीसी न्युजका ब्रायन रोसले बजारको अवस्थालाई भ्रमपूर्ण रुपमा प्रस्तुत गरेका थिए ।
३. सीएनएनले डोनाल्ड ट्रम्प र उनका छोरा डोनाल्ड जुनियर ट्रम्पको विकिलिक्सले ह्याक गरेको कागजपत्रसम्म पहुँच भएको बताएको थियो ।
४. टाइमले राष्ट्रपति ट्रम्पले मार्टिन लुथर किंग जुनियरको प्रतिमालाई आफ्नो कार्यालयबाट हटाएको गलत खबर प्रकाशन गरेको थियो ।
५. वाशिंगटन पोस्टले फ्लोरिडामा आयोजित ट्रम्पको र्यालीलाई खाली देखाएको थियो । त्यस र्यालीमा हजारौँ सहभागी भएका थिए तर मानिसहरु जम्मा हुनुभन्दा पहिलेको फूटेज देखाइएको थियो ।

ट्रम्पले यी बाहेक पनि थुप्रै आरोप लगाउनुभएको छ । उहाँले आफूलाई नकारात्मक रुपमा चित्रित गर्न केही सञ्चार माध्यमले तथ्यलाई तोडमरोड गरेर समाचार प्रस्तुत गरेको आरोप समेत लगाउनुभएको छ ।

Related News

लकडाउन हुँदैन, यसबारे सरकारले केही निर्णय गरेको छैन : स्वास्थ्य मन्त्रालय
लकडाउन हुँदैन, यसबारे सरकारले केही निर्णय गरेको छैन : स्वास्थ्य मन्त्रालय
  • ४ माघ २०७४, बिहीबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाहिर हल्ला फैलिएजस्तो लकडाउनबारे निर्णय नभएको जनाएको छ । सोमबार ओमिक्रोनका २ जना संक्रमित भेटिएपछि स्वास्थ्य...

नेपालमा पनि भेटियो कोरोनाको ओमिक्रोन भेरियन्ट
नेपालमा पनि भेटियो कोरोनाको ओमिक्रोन भेरियन्ट
  • ४ माघ २०७४, बिहीबार

कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन नेपालमा पनि भेटिएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै नयाँ भेरियन्टबारे जानकारी दिएको हो।...

नेपाली वस्तुको निर्यात वीरगञ्ज भन्सार हुँदै दुई गुणाले वृद्धि
नेपाली वस्तुको निर्यात वीरगञ्ज भन्सार हुँदै दुई गुणाले वृद्धि
  • ४ माघ २०७४, बिहीबार

देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज भन्सार प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ...

TOP