१४ मंसिर २०७८, मंगलवार
November 30, 2021, Tuesday

काठमाडौं छिर्ने भित्री सडकमा ‘चारपाङ्ग्रे सवारी निषेध

काठमाडौं छिर्ने भित्री सडकमा ‘चारपाङ्ग्रे सवारी निषेध

असन, इन्द्रचोक र आसपासका भित्री सडकमा मंगलबारदेखि चारपाङ्ग्रे सवारीसाधन प्रवेश रोक लगाइएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १७, १८, १९, २४, २५ र २७ वडाका स्थानीय जनप्रतिनिधिको समन्वयमा आवागमन सहज बनाउन चारपाङ्ग्रे सवारीसाधनलाई प्रवेश रोक लगाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी सर्वेन्द्र खनालले बताए ।

उक्त क्षेत्रमा बिहान ७ देखि बेलुकी ७ बजेसम्मचारपाङ्ग्रे सवारीसाधन निषेधगरिएको उनले बताए ।
इन्द्रचोकबाट वटु, असन र भेडासिंह जाने चारपाङ्ग्रे सवारी निषेध गरिएको छ । यस्तै ठैंटीबाट ज्वालामाई हुँदै असन जाने र ठैंटीबाट सीधै असन जाने चारपाङ्ग्रे गाडीलाई पनि निषेध गरिएको छ । ज्याठा, कमलाछी, भोटाहिटी, महाबौद्धबाट असनतर्फ चारपाङ्ग्रे सवारीसाधन जान पाउने छैनन् । असन भोटाहिटी सडकखण्डमा भने मंगलबारबाट सबै प्रकारका सवारीसाधनलाई रोक लगाइएको छ । भेडासिंहबाट नघल बाङ्गेमुढा र इन्द्रचोकसम्मको सडकलाई २४ सै घण्टा एकतर्फी बनाइएको छ । यसअघि ट्राफिक प्रहरीले ठमेल र पशुपति क्षेत्रका भित्री सडकलाई ‘भेइकल फ्री जोन’ बनाइसकेको छ । बढी भीडभाड हुने स्थानहरूको सवारी आवागमनलाई सहज बनाउँदै जाने योजनाअनुरूप उक्त क्षेत्रमा चारपाङ्ग्रे सवारीमा निषेध गरेको डीआईजी खनालले बताए ।
काठमाडौं छिर्ने भित्री सडकमा ‘चारपाङ्ग्रे सवारी निषेध’ का सूचना बोर्ड राखिएका छन् । ट्राफिक प्रहरी पनि उल्लेख्य संख्यामा परिचालन गरिएको काठमाडौं महानगरपालिका वडा नम्बर १८ का वडाअध्यक्ष न्हुन्छेकाजी महर्जनले बताए । नयाँ नियमअनुसार कुनै बाटोमा चारपाङ्ग्रे पूरै निषेध गरिएको छ भने कुनैलाई एकतर्फीमा सीमित गरिएको जनाएको छ । स्थानीयको हकमा ट्राफिक प्रहरी, नगर प्रहरी र स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर चारपाङ्ग्रे सञ्चालन गर्न सकिने उनले बताए । उक्त क्षेत्रमा फुटपाथको पसल व्यवस्थापनको तयारी गरेको समेत उनले बताए ।

Related News

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजारभन्दा कम
नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजारभन्दा कम
  • ३ माघ २०७४, बुधबार

देशभर १५८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ८ हजार ९१८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५४ तथा एन्टिजेन...

पुनःएकीकरण योजना सरकारको प्राथमिकतामाः मन्त्री श्रेष्ठ
पुनःएकीकरण योजना सरकारको प्राथमिकतामाः मन्त्री श्रेष्ठ
  • ३ माघ २०७४, बुधबार

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल–कतार संयुक्त कार्यसमिति वैठकको तयारीबारे सरोकारवालाहरूसँग छलफल गरे । शुक्रबार काठमाडौंमा भएको छलफलमा...

जनगणनाको तथ्यांक प्रशोधन पुसदेखि : जनसंख्या तीन करोड नजिक पुग्ने अनुमान
जनगणनाको तथ्यांक प्रशोधन पुसदेखि : जनसंख्या तीन करोड नजिक पुग्ने अनुमान
  • ३ माघ २०७४, बुधबार

राष्ट्रिय जनगणना २०७८ को मूल गणना कार्य सकिएसँगै अब तथ्यांक प्रशोधन प्रारम्भ गर्ने चरणमा गएको तथ्यांक विभागले बताएको छ ।...

TOP