१५ आश्विन २०७९, शनिबार
October 1, 2022, Saturday

केही घण्टामै डुब्यो फेसबुकको २५ अर्ब डलर

केही घण्टामै डुब्यो फेसबुकको २५ अर्ब डलर

न्युज फिडमा ठुलो परिवर्तनको घोषणा गरेको फेसबुकले केही घण्टामै अर्बौँ डलर गुमाउनुपरेको छ । शुक्रवार स्टक बजारमा उसको सेयर मूल्यमा ५ प्रतिशतसम्मको गिरावट आएको छ।

जसका कारण फेसबुकले केही घण्टामै पुँजी बजारबाट करिब २.६१ लाख करोड रुपैयाँ (२५ अर्ब डलर) गुमाएको हो । फेसबुकले गत बिहीबार आफ्नो न्यूजफिड सर्भिसमा व्यापक परिवर्तन गरेको थियो । जुन फेसबुकले युजरका साथीको कन्टेन्टलाई धेरै ध्यान केन्द्रित हुने गरी परिवर्तन गरेको थियो ।

फेसबुकको न्युज फिडमा परिवर्तनको निर्णयले उसको खातामा ठुलो असर पार्ने अनुमान यसअघि नै गरिएको थियो । जुन कुराको पहिलो प्रमाण उसको स्टकमा देखियो । शुक्रवार अमेरिकी पुँजी बजार खुल्लासाथै फेसबुकको स्टकमा लगभग ६ प्रतिशतको गिरवाट देखियो । तर केही समयपछि सुधार हुँदै स्टक लगभग ४.५० प्रतिशत झरेर १७९.३० डलरमा बन्द भयो ।

स्टकमा गिरावटपछि फेसबुकको मार्केट क्याप लगभग २.६१ लाख करोड रुपैयाँ (२५अर्ब डलर) घटेर ५४.२० लाख करोड रुपैयाँ (५२१.२१ अर्ब डलर) रहन पुग्यो । तर पनि स्टकमा गिरावटका बाबजुद बजार विश्लेषकहरुले भने फेसबुकमा भएको यो परिवर्तनले कम्पनीलाई भोलिका दिनमा फाइदा नै मिल्नेछ ।

फेसबुकले आफ्नो अधिकांश आम्दानी आफ्नो प्लेटफर्ममा विज्ञापनको माध्यमबाट हासिल हुने गरेको छ । फेसबुकको न्युज फिडमा परिवर्तनबाट उसको न्युज फिडमा विज्ञापन बेच्ने क्षमतामा असर पर्न सक्छ । यिनै आशंकाकाकारण लगानीकर्ताहरु अत्तालिन पुग्दा स्टकमा असर देखिएको हो ।

तर पनि फेसबुकले शुक्रबारै यसबारे एक सफाई वक्तब्य पनि निकालेको छ । कम्पनीले आफना मिडिया पार्टनरलाई ईमेल पठाएर यस परिवर्तनबारेमा विस्तारमा बताइएको छ । फेसबुकले आफ्नो पब्लिसर्ससँग बताए अनुसार आफ्नो अर्ग्यानिक रिचमा गिरावट देखिन सक्छ । तर अर्थपूर्ण पोस्टलाई यस परिवर्तनले कुनै असर पार्ने छैन ।

आरबीसी क्यापिटल मार्केटले आफ्ना सदस्यलाई पठाएको नोटमा भनिएको छ, ‘हामीलाई बताए अनुसार नयाँ न्युज फिड धेरै औचित्यपूर्ण छ । जसले युजरलाई अझ व्यस्त बनाउन पनि मद्धद गर्नेछ ।’

Related News

खडेरीले खेती सुकेपछि किसान चिन्तित
खडेरीले खेती सुकेपछि किसान चिन्तित
  • २९ पुष २०७४, शनिबार

पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...

शिवजीको प्रिय महिना साउन , के के गर्न सकिन्छ ब्रतमा
शिवजीको प्रिय महिना साउन , के के गर्न सकिन्छ ब्रतमा
  • २९ पुष २०७४, शनिबार

भगवान शिवको प्रिय महिना साउनको पहिलो सोमवार आराध्यदेव पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । विहानैदेखि भक्तजनहरुको उल्लेख्य...

उपत्यकामा २ हजार रोपनी जग्गा गैर कानुनी प्लटिङ
उपत्यकामा २ हजार रोपनी जग्गा गैर कानुनी प्लटिङ
  • २९ पुष २०७४, शनिबार

 काठमाडौं उपत्यकामा २ हजार रोपनीभन्दा बढी जग्गा गैरकानुनी रूपमा प्लटिङ गरेको पाइएको छ ।गैरकानुनी रूपमा धमाधम जग्गा प्लटिङ भइरहँदा पनि...

TOP