१५ आश्विन २०७९, शनिबार
October 1, 2022, Saturday

डोल्पामा मन्दिरसहित आठ घर जले, करोडौंको क्षति

डोल्पामा मन्दिरसहित आठ घर जले, करोडौंको क्षति

हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिकाअन्तर्गत वडा नं ९ होर्तमा आगलागीबाट एक मष्टा मन्दिरसहित आठ घर जलेर नष्ट भएका छन् ।  आगलागीबाट रु दुई करोड ३२ लाख बराबरको क्षति भएको जिप्रका डोल्पाका प्रहरी नायब निरीक्षक यमबहादुर मल्लले जानकारी दिए । आगलागीमा परेर पाँचसय वर्ष पुरानो मष्टा मन्दिर पनि जलेको छ, मन्दिरभित्र भएको बहुमूल्य मूर्ति जल्दा रु एक करोड बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

आगलागीबाट घर जलेर पीडित हुनेमा मुड्केचुला–९ होर्त गाउँका नन्दकुमारी बुढा, सुन्द्रा बुढा, पम्फा बुढा, पिपला रोकाय, रामबहादुर बुढा, शान्ति बुढा, दलजित बुढा र कर्णबहादुर बुढा रहेको प्रहरीले जनाएको छ । कर्णबहादुर बुढाका तीनवटा बाख्रा पनि जलेको बताइएको छ । बुधबार बेलुकी शुरु भएको आगलागी आज बिहान मात्रै १४ घण्टापछि नियन्त्रणमा आएको थियो ।

रासस

Related News

खडेरीले खेती सुकेपछि किसान चिन्तित
खडेरीले खेती सुकेपछि किसान चिन्तित
  • २७ पुष २०७४, बिहीबार

पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...

शिवजीको प्रिय महिना साउन , के के गर्न सकिन्छ ब्रतमा
शिवजीको प्रिय महिना साउन , के के गर्न सकिन्छ ब्रतमा
  • २७ पुष २०७४, बिहीबार

भगवान शिवको प्रिय महिना साउनको पहिलो सोमवार आराध्यदेव पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । विहानैदेखि भक्तजनहरुको उल्लेख्य...

उपत्यकामा २ हजार रोपनी जग्गा गैर कानुनी प्लटिङ
उपत्यकामा २ हजार रोपनी जग्गा गैर कानुनी प्लटिङ
  • २७ पुष २०७४, बिहीबार

 काठमाडौं उपत्यकामा २ हजार रोपनीभन्दा बढी जग्गा गैरकानुनी रूपमा प्लटिङ गरेको पाइएको छ ।गैरकानुनी रूपमा धमाधम जग्गा प्लटिङ भइरहँदा पनि...

TOP