१५ आश्विन २०७९, शनिबार
October 1, 2022, Saturday

शालिनदीमा स्वस्थानी मेला शुरू

शालिनदीमा स्वस्थानी मेला शुरू

काठमाडौंको साँखुस्थित शाली नदीमा स्वस्थानी मेला (माधव नारायण) मंगलबारबाट शुरु भएको छ । माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । यो विश्वासमा प्रत्येक वर्ष लाखौँ भक्तजन आउने स्नानका लागि आउने माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ ।

व्रतालुहरु सोमबार बेलुकीदेखि नै साँखुमा बास बस्न आउने गर्दछन् ।

पौष शुक्ल पूणिर्मादेखि स्वस्थानी व्रत सुरु भएको छ । स्वस्थानी व्रत एक महिनासम्म अर्थात् माघ शुक्ल पूणिर्मासम्म चल्दछ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ ।

बिहान माघ स्नान गरी मध्याहृनकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

Related News

खडेरीले खेती सुकेपछि किसान चिन्तित
खडेरीले खेती सुकेपछि किसान चिन्तित
  • १८ पुष २०७४, मंगलवार

पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...

शिवजीको प्रिय महिना साउन , के के गर्न सकिन्छ ब्रतमा
शिवजीको प्रिय महिना साउन , के के गर्न सकिन्छ ब्रतमा
  • १८ पुष २०७४, मंगलवार

भगवान शिवको प्रिय महिना साउनको पहिलो सोमवार आराध्यदेव पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । विहानैदेखि भक्तजनहरुको उल्लेख्य...

उपत्यकामा २ हजार रोपनी जग्गा गैर कानुनी प्लटिङ
उपत्यकामा २ हजार रोपनी जग्गा गैर कानुनी प्लटिङ
  • १८ पुष २०७४, मंगलवार

 काठमाडौं उपत्यकामा २ हजार रोपनीभन्दा बढी जग्गा गैरकानुनी रूपमा प्लटिङ गरेको पाइएको छ ।गैरकानुनी रूपमा धमाधम जग्गा प्लटिङ भइरहँदा पनि...

TOP