२१ मंसिर २०७८, मंगलवार
December 7, 2021, Tuesday

आमा पोइला गएपछी बाबुले बनायो आफ्नै छोरीलाइ श्रीमती

आमा पोइला गएपछी बाबुले बनायो आफ्नै छोरीलाइ श्रीमती

‘म अभागी ! आमा पोइल गइन्, बाउ (वुबा) की श्रीमती भएर बस्नुपर्ने कस्तो कर्म !’ इलाका प्रहरी कार्यालय बनेपामा भेटिएकी युवतीले भक्कानिँदै भनिन् ।

कर्म त केनिफा (नाम परिवर्तन) को ‘खोटो’ थिएन तर, वुबाको गिद्धे नजर छोरीमाथि नै लागेपछि कसको पो के लाग्दोरहेछ र ! उनी भर्खर १७ वर्षकी भइन् । झण्डै दुईवर्षदेखि बाबुबाट बलात्कृत हुँदै आएकी उनी अहिले न्यायका लागि प्रहरी कहाँ आएकी हुन् ।

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले केनिफाका वुबालाई पक्राउ परेको छ । (कान्छी) आमाको सहयोगमा मंसिर २९ मा किटानी जाहेरी दिएपछि प्रहरीले उनका ३७ वर्षीय बाबुलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा जवर्जस्ती करणी भएको देखिएको छ । पीडकविरुद्ध जिल्ला अदालत काभ्रेमा जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको इप्रका बनेपाका प्रमुख सुनिलजंग शाहले बताए ।

प्रहरीका अनुसार अभियुक्त पिता पेशाले ड्राइभर हुन् । उनका जेठी श्रीमतीबाट एउटी छोरी र एक छोरा छन् ।

जेठी श्रीमती अर्कैसँग गएपछि कान्छी ल्याए । कान्छीबाट ७ वर्षकी छोरी छन् । तर, पछिल्लो समय कान्छी श्रीमती बैदेशिक रोजगारीमा गएकी थिइन् । कान्छी आमा विदेश गएपछि बाबुले आफूलाई बलात्कार गर्न थालेको पीडित युवती बताउँछिन् ।

बलात्कारी वुबा त पक्राउ परे तर, घटना लुकाउन भन्दै आफन्तले पटक पटक दबाब दिएको केनिफाले सुनाइन् । ज्यान मार्नेसम्मको धम्की आएको उनले बताएकी छन् ।

बनेपास्थित प्रहरी चौकीमा भेटिएकी केनिफाले आफ्नो पीडा अनलाइनखबरलाई यसरी सुनाइन्ः

मामाघरमा पहिलोपटक बलात्कार भयो !

हाल म १७ वर्षकी भएँ । म र वुबा २ वर्ष जति अगाडि सानुममीको माइती गएका थियौँ । मामाघरमा हामीलाई एउटै कोठाको अलग-अलग खाटमा सुत्न प्रवन्ध गरेको रहेछ ।

एउटी छोरी बाबुसँग बाहेक कोसँग सुरक्षित हुन्छे र ! तर, त्यही दिन म बाबुबाट बलात्कृत भएँ । राति करिब ११ बजेतिर बाबु म सुतेको घाटमा आउनु भयो र सुमसुमाउँदै अँगालो मारेर मेरो कपडा खोली दिनुभयो । म अभागी ! आमा पोइल गइन्, बाउकी श्रीमती भएर बस्नुपर्ने कस्तो कर्म ! बुबाले त्यो दिन मलाई रगत आउने गरी प्यास मेट्नुभयो र मज्जाले निदाउनुभयो । मैले भने आशु पिउँदै रात बिताएँ ।

दोस्रो पटक त गर्भ बसेछ !

मावलबाट हामी घर फर्कियौं । प्रायः कामबाट घर फर्किँदा वुबा रक्सी खाएर आउनुहुन्थ्यो । दोस्रोपटक उहाँ म सुतेको कोठामा आउनुभयो र जबर्जस्ती गर्न थाल्नुभयो । मैले प्रतिकार गर्न खोजेँ तर, धेरै कुटाइ खाएँ । त्यो दिन पनि मलाई छोड्नुभएन । मेरो अस्मितामाथि खेल्नुभयो । सायद गर्भ बसेछ, मलाई धेरैपटक वाकवाक लाग्यो । बुबाले साउनतिर गर्भ तुहाउने औषधि पटकपटक खुवाउनुभयो ।

भर्खरै एसईईको रिर्जल्ट आएको थियो । मलाइ कलेज पढ्न जाने रहर थियो । तर, सबै सपना नै भए । बाबुबाटै बलात्कृत भएपछि म दिनदिनै पागल जस्तै हुन थालेँ ।

सानुममीलाई गुहारेँ !

अन्तिमपटक बलात्कृत भएको त्यो दिन बुवा राति अलि ढिला घर आउनु भएको थियो । त्यो दिन पनि मैले प्रतिकार गरेँ । तर, उहाँको गिद्दे आँखा…। अति भयो भन्दै मैले वैदेशिक रोजगारीमा गएकी सानिमालाई मंसिर १९ गते फोन गरेर सबै जानकारी गराएँ । उहाँ केहीदिनमै नेपाल आउनुभयो र २९ मंसिरमा हामी इलाका प्रहरी कार्यालय बनेपामा गयौं ।

Related News

भारतमा दैनिक संक्रमितको संंख्या डेढ वर्षपछिकै कम
भारतमा दैनिक संक्रमितको संंख्या डेढ वर्षपछिकै कम
  • १४ पुष २०७४, शुक्रबार

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या निकै कम भएको छ । अधिकारीहरुले पछिल्लो एक दिनमा डेढ वर्षपछिकै सवैभन्दा कम संक्रमित...

प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ
प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ
  • १४ पुष २०७४, शुक्रबार

नेपाली काँग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौं आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा...

यसवर्ष ढोरपाटनमा चुके सिकारी
यसवर्ष ढोरपाटनमा चुके सिकारी
  • १४ पुष २०७४, शुक्रबार

ढोरपाटन सिकार आरक्षमा यस बर्षको पहिलो सिकारयाममा तीन नाउर र एक झारलको सिकार हुन सकेन । दुई नाउरको सिकारमा सिकार...

TOP