१५ आश्विन २०७९, शनिबार
October 1, 2022, Saturday

श्रीमान-श्रीमती विवादमा घरमा आगो

श्रीमान-श्रीमती विवादमा घरमा आगो

ताप्लेजुङको सिरिजंघा गाउँपालिका-३ सिकैचामा गएराति भएको आगलागीका कारण एक घर जलेर नष्ट भएको छ। राति करिब ९ बजे भएको आगलागीका कारण दिलबहादुर सावादेन ९लिम्बू० को घर जलेर पूर्णरुपमा नष्ट भएको हो। स्थानीय केशर बराइलीका अनुसार घरसहित घरभित्र रहेका लत्ताकपडा, अन्नपातलगायतका सामान जलेर नष्ट हुँदा करिब रु दुई लाखभन्दा बढीको क्षति भएको गाउँलेको अनुमान छ।

राति घरायसी विषयमा श्रीमान् र श्रीमतीबीच सामान्य विवादपछि श्रीमान् दिलबहादुरले घरमा आगो सल्काएको बराइलीले बताएका छन्। आगलागी हुनासाथ स्थानीयले नियन्त्रणको प्रयास गरेपनि समयमा नियन्त्रण नहुँदा घर पूर्णरुपमा जलेको बताइएको छ।

आगलागी भएको दुई घण्टापछि मात्रै आगो नियन्त्रणमा आएको थियो। आगलागी पीडित परिवार भने छिमेकीको शरण लिएर बसेको बताइएको छ।

यता प्रहरीले भने घटनाका विषयमा बिहानमात्र जानकारी भएकाले त्यसतर्फ अहिले प्रहरी पठाइएको र घटनाका सम्बन्धमा थप बुझ्ने जनाएको छ। रासस

Related News

खडेरीले खेती सुकेपछि किसान चिन्तित
खडेरीले खेती सुकेपछि किसान चिन्तित
  • १३ पुष २०७४, बिहीबार

पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...

शिवजीको प्रिय महिना साउन , के के गर्न सकिन्छ ब्रतमा
शिवजीको प्रिय महिना साउन , के के गर्न सकिन्छ ब्रतमा
  • १३ पुष २०७४, बिहीबार

भगवान शिवको प्रिय महिना साउनको पहिलो सोमवार आराध्यदेव पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । विहानैदेखि भक्तजनहरुको उल्लेख्य...

उपत्यकामा २ हजार रोपनी जग्गा गैर कानुनी प्लटिङ
उपत्यकामा २ हजार रोपनी जग्गा गैर कानुनी प्लटिङ
  • १३ पुष २०७४, बिहीबार

 काठमाडौं उपत्यकामा २ हजार रोपनीभन्दा बढी जग्गा गैरकानुनी रूपमा प्लटिङ गरेको पाइएको छ ।गैरकानुनी रूपमा धमाधम जग्गा प्लटिङ भइरहँदा पनि...

TOP