बलिउडका सुपरस्टार अभिनेता सलमान खान २३ वर्षपछि नेपाल आउने भएका छन् ।
होलीको अवसर पारेर अभिनेता खान नेपाल आउने भएका हुन् ।
आयोजक ओडिसी इन्टरटेनमेन्टका निर्देशक सिमान्त गुरुङका अनुसार, सलमान खान तीन दिनका लागि नेपाल आउन लागेका हुन् ।
अभिनेता सलमान खान सन् १९९४ पछि यो दोस्रोपल्ट नेपाल आउन लागेका हुन् । ‘खानद्वारा अभिनेत फिल्म ‘दबंग द टूर’नाम दिइएको यो सांगितिक भ्रमणका लागि सलमान खान ९ मार्चका दिन बिहान काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने निर्देशक गुरुङले बताए ।
सलमानलाई कार्यक्रममा साथ दिन बलिउडका नायिका सोनाक्षी सिन्हा, डान्स मास्टर प्रभु देवा, डेजी शाह, कृटी सेनोन र पञ्जावी डान्सर ‘मिड बोस’ पनि नेपाल आउने छन् ।
यस कार्यक्रमको सञ्चालक चर्चित टेलिभिजन प्रस्तोता मनिष बहलले गर्दैछन् । मुख्य शो भने मार्च १० अर्थात् फागुन २६ गते टुँडिखेलमा हुनेछ । यो वर्ष ५० हजारको हाराहारीमा सलमानका समर्थक टुँडिखेलमा आइरिने आयोजक ओडिसीको विश्वास छ ।
निर्देशक गुरुङका अनुसार, ‘यदि यो सम्भव भएमा नेपाली इन्रटेनमेन्ट इतिहासकै सबैभन्दा ठूलो शो हुनेछ ।,’ कार्यक्रमलाई फेस्टिभलको रुपमा मनाउन १२ बजेदेखि ुनै गेट खुल्ला गर्न लागिएको उनले जानकारी दिएको छ । सलमान भने ६ः३० बजेमात्र स्टेजमा आउने छन् । उनले करिब ३ घण्टा स्टेज प्रोग्राम गरेर नेपाली दर्शकलाई मनोरञ्जन दिनेछन् ।
‘यो कार्यक्रमको सेट–अप अन्तर्राष्ट्रियस्तरको हुनेछ । दिल्लीको हवाहरलाल नेहरुले रंगशालामा गत १० तारिखमा ‘दबंग द टूर’ भएको थियो । त्यहाँ पनि ५० हजारको हाराहारीमा समर्थकहरुले साथ दिएका थिए ।
त्यस्तै, ओडिसीका निर्देशक गुरुङले भने, ‘त्यसैले काठमाडौंमा पनि सफलतापूर्वक यो कार्यक्रमम सम्पन्न हुनेमा ढुक्क छौं ।’
कार्यक्रम सके लगत्तै सलमान खान ११ मार्चमा पुनः मुम्बई फर्किनेछन् । सलमानलाई विश्वको उच्च हिमाल सगरमाथाको अवलोकन पनि गराउने योजना रहेको गुरुङले बताए । उनका अनुसार हेलिकोप्टर चार्टर गरेर उनलाई सगरमाथाको अवलोकन गराउने योजना छ ।
टिकटको मूल्य ३ हजारदेखि १० हजार रुपैयाँसम्म हुनेछ । सलमानको यो शोका लागि मात्र १० देखि १२ करोडको बजेट छुट्याइएको जानकारी गइएको छ ।
याँ चलचित्र ‘माइकल अधिकारी’ १ रुपैयाँमै सिनेमा हलमा बसेर हेर्न पाइने भएको छ । नेपालकै सबैभन्दा ठूलो डिजिटल वालेट इसेवाले...
लोकप्रिय गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन...
आकाश श्रेष्ठ र पूजा शर्मा अभिनित ‘सम्झना–बिर्सना’ शुक्रबारबाट सयभन्दा बढी हलमा लाग्दै छ । गत ६ जेठमा रिलिज गर्ने भनिएको...