भारतको हरियाणाकी मानुषी चिल्लरले मिस वल्र्डको ताज पहिरिएसँगै सत्र वर्षपछि मिस वल्र्डको पगरी भारत ल्याएकी छन् । सन् २००० मा प्रिंयका चोपडा मिस वल्र्ड भएपछि मानुषी मिस वल्र्ड भएकी हुन् । २१ वर्षे मानुषी मेडिकल विद्यार्थी हुन् । चीनको सान्या सिटी एरेनामा भएको मिस वल्र्ड समारोहमा १०८ अन्य प्रतियोगीहरुलाई पछि पार्दै मानुषी मिस वल्र्ड घोषित भएकी हुन् । २०१६ की मिस वल्र्ड स्टेफिन डेल भलेले उनलाई मिस वल्र्डको ताज पहिरिदिएकी थिइन् । मानुषी नयाँ मिस वल्र्ड भएसँगै उनलाई भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीका साथै अन्य अभिनेता–अभिनेत्रीहरुले सामाजिक सञ्जालमार्फत उनलाई शुभकामना दिएका छन् ।
हलिउड अभिनेत्री एम्बर हर्ड अहिले पूर्वपति जोनी डिपसँगको चिसो सम्बन्धले चर्चित छन् । हुनसक्छ, उनको व्यक्तित्वलाई लिएर विश्व विभाजित होला,...
नेपालको सौन्दर्य प्रतियोगिताको सबैभन्दा ठुलो प्लेटफर्म मिस नेपाल वर्ल्ड २०२२ की विजेता प्रियंका रानी जोशीलाई पुर्ख्यौली घरमा बाजागाजासहित स्वागत गरिएको...
मिस नेपाल २०२२ कि विजेता प्रियंका रानी जोशी २४ वर्षकी भइन् । उनले ६ वर्ष अघि ऐन भो मोडलिङ प्रतिष्पर्धाको...